अमेरिकन राजनीतिमा सक्रिय डा. श्याम कार्की र ह्यारी भण्डारीलाई प्रसंशा सहित सम्मान

मेरिल्याण्ड हाउस अफ डेलिगेट्सको साउथ ईष्ट एसियन फोरमले यस क्षेत्रबाट आएर अमेरिकाको मेरिल्याण्डमा बसेका चर्चित व्यक्तिहरुको भेला मरिल्यांडमा सम्पन्न भएको छ | भेलामा झन्डै आधा दर्जन नेपालीहरुको सहभागिता रहेको थियो | सोहि अवसरमा मेरिल्याण्डमा रहेर अमेरिकन राजनीतिमा सक्रिय भूमिका खेल्नु हुने डा. श्याम कार्की र अमेरिकी राजनीतिमा होमिनु भएका युवा राजनीतिज्ञ ह्यारी भण्डारीलाई उक्त फोरमले प्रसंशा सहित सम्मान गरेको छ | सम्मान प्राप्त गरिसकेपछि डा. श्याम कार्कीले द नेपाल टुडेसंग बोल्दै भन्नु भयो, "हामी अत्यन्त खुशी भएका छौं | अब साउथ एसियन ग्रुप खोल्ने बारेमा सोच्दै छौं |"

, ,