भारतीय राजदूत रे ले पाल्पामा के भने ?

पाल्पा, १७ चैत, नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपाल–भारतको सम्बन्ध अझ समयसापेक्ष ढङ्गबाट प्रगाढ बनाउनुपर्ने बताएका छन् ।

तानसेन–१३ स्थित लक्ष्मी उमाविमा निर्माणाधीन छात्रवास र भवनको बुधबार शिलान्यास गर्दै उहाँले नेपाल र भारतको पुस्तौंदेखिको सम्बन्ध रहेको रे ले बताए । अबको सम्बन्धलाई विकासले जोड्नुपर्नेमा उनको जोड थियो ।

राजदूत रे ले भारतको विकास हुँदा छिमेकी देश नेपाल पनि विकास भए मात्र शान्ति स्थापना हुने बताउँदै त्यसका लागि विकास गर्न दुवै देशले साझेदारी गर्नु आवश्यक रहेको बताए ।