यस्तो छ अमेरिकी जीवन


प्रवेश उप्रेती (पौल)

जिन्दगी एउटा कथाको पुस्तक रहेछ | हुनपनि कथा बिनाको जिन्दगी कसको हुन्छ र !

जीवन यात्राको क्रमको बहाबमा विभिन्न देशको बसाई पश्चात यो भुमिमा आउने मौका मिल्यो |

नया संसारको परिवेशको यात्रा २०१० नोवेम्बेर १६ मा सुरु भयो | जिरो देखि |  भनिन्छ, जहाँ इच्छा त्याहा उपाय | जहाँ दुख त्यहाँ सुख | जहाँ उकालो त्यहाँ ओरालो |अनि सबै मनका पानामा नअटेका र आपनो कौतुहलताले अनौठो मानेको यो परिवेश धेरैले साट्न चाहदैनन लुकायर राख्छन् | जुन भरिलाई आपनै मन भित्र भारी बनायर | टाउको भारी बोझ बनाएर |

खै कुन कर्मको फल हो ? यौटा DV भर्दाको फल यो बिसाल कहिल्यै नसुत्ने समुन्द्र पारिको सम्रिद्द देशमा आउने अवसर पाईयो | यो अवसर हो की होइन छुट्टै बहस हुन सक्छ | लामो बहस हुन सक्छ | यहाँ आउन पाउनु भाग्य, यहाँ आउनु भाग्य, यहाँ आएर कागज बनाएर बस्नु भाग्य | यहाँ काम पाउनु भाग्य, आफ्नै गाडी र घर हुनु झन् भाग्य |

यिनै कुरा कसैलाई सुनाउनु भाग्य | तर यो सबै भन्नेहरु नेपालमा छन् | आफ्नो यस्तै भाबनाहरुलाई ब्यक्त गर्दा धरै नेपालीको मनमा आनन्द पनि मिल्नेछ | तर यो भाग्यलाई संगसंगै बोकेर हिडेको नेपाली अमेरिकनलाइ भने त्यो महशुश कमै हुने गर्दछ | भानिन्छ नी -अमेरिका सपनाको संसार हो | बाहिरबाट हेर्दा निकै सुन्दर र आकर्षक अमेरिका देख्नेहरुका लागि मात्र हो | भोग्नेहरुका हकमा यो लागु हुदैन | सुन्दर चिजहरु आँखा(देख्न)का लागि हुन्छन, शरीर(भोग्न)का लागि होइनन भन्ने भनाई अमेरिकाको सन्दर्भमा सहि हुन्छ |

त्यसो त देश गरिब होस् वा धनि बाध्यता वा रहर कुनै न कुनै बहानामा संसारभरबाट मानिसहरु यहाँ आउछन | नेपालीहरु पनि आएका छन् | नेपालमा सुनेको अमेरिकन ड्रिम   त्यति सजिलो कहाँ छ ?  कठोर परिश्रम गरेर कमाएको पैसा घर भाडा गाडीको किस्ता तिर्दा ठिकै हुन्छ | ब्यस्त जीवन शैलीले गर्दा होला कुनै नेपाली लाई भेट गर्नु परे पनि  राजनैतिक नेतालाई झैँ कसै  appointment लिनु पर्दछ | त्यसो त धरै नेपालीहरु डाक्टर, इन्जिनियर, वकिल,  प्रोफेसर,  रियल्टर,  र ब्यापारमा आबद्द छन् तर समय छैन |राती आउने बिहानै जाने राजनीति दलका सिर्स नेता भन्दा बढी ब्यस्त देखिन्छन् | अर्काथरि नेपालीहरु हप्ताको ७०, ८० घण्टा हप्तामा दुई या तीन ठाउँमा कामगर्ने त कोइ ४० घण्टा हप्तामा काम गर्ने बाकी समय रूम मै बच्चा हेर्ने गर्छन | कोइ सामाजिक काम त कोइ नेपालीहरु पैसा बढी आउने भय र बिदेसीले छोडेको over time नि गर्न पछि पर्दैनन् |

दुखमा नपरी कलम चल्दैन | नराम्रो खबर वा दुखका कथाहरु नै चाडै भाइरल बन्ने गर्छ |

 यहाँका ससाना स्टोरहरुमा नै धरै नेपालीलाई रोजगारी मिलेको छ | नयाँ नेपालीलाई प्राय नेपाली वा इन्डियनले नै काम दिलाउने गर्छन |

अमेरिका औटा संसार हो, त्यसमा पनि विभिन्न किसिमका जात धर्म सस्कृति पहिरन खानपान संसार कै मानिस को life styal बोकेको सहर न्यु योर्क सहर हो |

विभिनन ब्यबसाय काम गरेका नेपालीको आप्फ्नो आपनो कमाई हैसियत अनुसार इच्छा फरक फरक तरिका ले जीवन यापन गरेका छन् | कोहि अमेरिकालाई अमेरिका बनाएका छन् त कोइ अरबको कर्म गरिरहेका छन् | अमेरिकामा बसेर भारतीय च्यानलका ती.भी. सिरियल हेर्ने हरु पनि छन् | सबैले आ-आफ्नो तरिकाले जीवन बाँचेका छन् |

कोहि कामको पैसा नेपाल पठाउछन त कोहि नेपालको सम्पति बेचेर अमेरिकामा व्यापारमा लगाउछन | अमेरिकामा धरै मानिस दुखि पनि छन् कोहि धन भयका दुखि, त कोहि धन कम् भयर दुखि कोहि ठुलो आकाक्षा राखेर दुखि त कोहि साधारण व्यवस्था मिलाउन नसकेर दुखि यसरि आफ्नो औकात हैसियत भुलेर छिटो र धरै खोज्नेहरु यहाँ दुखि हुन्छन |

कोरिया, जापान, अरबभन्दा यहाँ काम गर्ने तरिका जीवन सैली भिन्दै छ | हिलो धुलो, केमिकल, खेतीपाती, भेडा गाई पालन साथै भारी बोक्ने र बेल्चा सबेल चलाउने construction मेशिनमा काम गर्ने पर्दैन | शारिरीकभन्दा बडी दिमाखको काम हुने हुदा mental थकान बडी हुन्छ | आफ्नो पढाई क्षमता अनुसारको काम मिल्छ | बिभिन category को काम भय र होला बिदापनि एकै दिन हुदैन नजिकै भय पनि महिनौ भेट हुदैन |

 शिक्षाको कुरा गर्नुपर्दा हाइस्कूल अर्थात १२ कक्षासम्म कुनै शुल्क तिर्नुपदैन। कम आम्दानी हुने अभिभावकका छोराछोरीका निम्ति त अझ ब्रेकफास्टदेखि लन्चसम्म स्कूलले निशुल्क उपलव्ध गराउँछ। अमेरिकामा बस्ने अधिकांश नेपालीहरु निम्न आयमा पर्ने हुँदा उनीहरुका बालबालिकाहरुले बिहानको खाजादेखि लिएर दिउँसोको खाना निशुल्क पाउँछन् !
नेपालबाट ल्याको certificate ले यहाँ खास अर्थ राख्दैन | त्यसो हुदा नेपालमा राम्रो काम गरेकाहरु यहाँको कामदेखि खिन्न देखिन्छन् ! कम्प्युटर driving र english मा राम्रो ज्ञान भय केहि सहज हुन्छ ! अमेरिका आउनु भनेको सबै काम नयाबाट सुरु गर्नु हो त्यसैले आफु लाई राम्ररी बुझाउनु बुद्धिमानी हो ! बिरामी भएर उपचारका लागि अस्पताल जाँदाबिना पैसा भर्ना हुन पाइन्छ । तपाईको उपचार पहिले अनि भुक्तानी पछि हो | उपचार असाध्यै महंगो छ तर एउटा भुल्नु नहुने तथ्य के पनि हो भने स्वास्थको क्षेत्रमा संसारमा उपलव्ध जे जति प्रविधि छन् र यहाँ ती सबै प्रयोग हुन्छन् |

यहाँ ग्रीन कार्ड हुनेलाई यहाँको नियम कानुनले नै सबै परिवारलाई ढिलो चाडो मिलाइदिने भयकाले धरै परिवारहरु अमेरिकामा छन् | आपनो काम अनुसासित नियम पुर्बक र मिहिनेत गर्नेलाई यहाँ अगाडी बढ्ने धरै बाटहरु छन् |

अल्छि २ नम्बरी धन्दा गर्ने नियम कानुन अनुसासन बिपरित टेबुल मुनिबाट पैसा आउनेहरुलाई अमेरिका नेपाल भन्दा धरै गारो र नर्क लाग्छ | बाबु आमाको सम्पत्तिमा रमाएका, ठेक्कापट्टा र दुई नम्बरी काम गरेर रातारात लाखौँ कमाउने, घुस खाने र बेईमान गरेर बाँच्न पल्केकाहरुलाई अमेरिकामा अफ्टेरो छ | किनकि यहाँ नियमको पालना हुन्छ | नेपाल मै लुट्न पल्केकाहरु यहाँ रुचाउदैनन | गरिबको पसिनामा रमाउन पल्केकाहरु नेपालमा बसेर देसप्रेमी बनेका छन् | पढेलेखेका युबाहरु विकास र राम्रो सिस्टम चाहन्छन, बिदेसमा बसे पनि देसलाई बिपत्ति पर्दा यहिबाट सहयोग गर्छन | त्यो भन्दा ठुलो सेवा र देसभक्ति के हुन् सक्छ ?  अल्छी, बेइमानका निम्ति अमेरिका दुःखको महासागर हो। अनि ‘म नेपालमा यो पदमा थिएँ, यस्तो मान्छे हुँ। म त फलानो नेताको आफन्त  हुँ ' भनेर धक्कु लगाउनेका निम्ति यो देशमा जिउन कठिन छ।

बाहिरबाट आएका मात्र होइन काम गर्न अल्छी गर्ने यहीँ जन्मेका भएपनि उनीहरको जीवन नर्कभन्दा कम्ति हुँदैन। तर बेइमान, लुच्याई, छलछाम गर्नुभयो भने यो मुलुकमा फँस्न बेर लाग्दैन |

एक पटक फँसिसकेपछि त्यो मानिस माथि उठ्न असंभव नै भन्दा पनि हुन्छ। रेकर्डमा परिसकेपछि रोजगारी, सरकारी सुविधा सबै गुम्छ। अझ गल्ती गरेर जेल परिसकेपछि त जीवनै डुब्यो भन्दा पनि हुन्छ। जेल परिसकेपछि त्यो सजायँ काटेर बाहिर आउँदा पनि अवसरको ढोकामा सदाका लागि भोटेताल्चा लाक्छ |

अमेरिकाले फरक जात, रंग, सस्कृति, विचार, बुद्धिका मानिस ल्याएको छ जसले गर्दा यो देश अझ बलियो बिकसित देशको रुपमा अडिक छ | संसार भरका मानिसहरुको   मिश्रणले बनेको हो यो |

अमेरिका यस्तो देश हो जहाँ दैनिक ८७००० जहाजबाट र संसारभरीबाट ८४.६ मिलियन अथार्त ८ करोड ८० लाख मानिसहरु आउने गर्छन | जसरी फरक फरक जात र रंगका बाबु आमाको मिलनबाट जन्मेको बच्चा राम्रो र बुद्धिमानी हुन्छ भनिन्छ त्यसरी नै अमेरिकाले फरक फरक देश, संस्कृति, रंग, धर्म र विचार बोकेका मानिसहरुलाई आफ्नो भुमीमा स्वागत गरेको छ | अनेकतामा एकता खोज्ने उसको प्रयास हो यो |  यहाँ लाखौ विचारधारा बोकेका, फरक रंग, बर्ण, धर्म, फरक सैली, फरक बोलि र फरक परिवेश, फरक देश अनि सभ्यता भएका मानिसहरु छन् | अनुसासित र सभ्य आचरण प्रस्तुत गर्दै कानुनको दयारा भित्र रहन्छन | हामी पनि यहाँको कानुनमा रहेर प्रगतिका पथतर्फ उन्मुख बनौं |

 स्टाम्फोर्ड, कनेक्टिकट, अमेरिका