देउवा प्यानलको वर्चस्व

काठमाडौं–कांग्रेस केन्द्रीय समितितमा सभापति शेरवहादुर देउवा प्यानलका धेरै विजयी भएका छन्। सोमबार सम्पन्न मत परिणामअनुसार पदाधिकारी सहित निर्वाचित कुल ६४ सदस्यमा सभापतिसहित ३६ विजयी उम्मेदवार देउवा पक्षका छन् । महामन्त्री, कोषाध्यक्षसहित २८ सदस्य पौडेल प्यानलबाट निर्वाचित भएका छन्।

निर्वाचित टिममै बर्चस्व पाएका देउवाकालागि पार्टी संचालन गर्न सहज हुने देखिएको छ। त्यसमाथि पार्टीको विधानअनुसार देउवाले २१ केन्द्रीय सदस्य मनोनयन गर्न पाउने छन्।

देउवाले पहिलो चरणमा आफूसँगै प्रतिस्पर्धा गरेका तत्कालीन पार्टी कार्यवाहक सभापति रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्रीका प्रतिस्पर्धी अर्जुननरसिंह केसी, गगन थापा, कोषाध्यक्षका प्रतिस्पर्धी चित्रलेखा चौधरी र उमाकान्त चौररीलाई मनोनयन गर्ने तयारी थालेका छन्। त्यसपछि मात्रै पदाधिकारी र अन्य सदस्यको मनोनयन प्रक्रिया अघि बढाउने देउवा निकट स्रोतले बतायो ।

,