हजारौंलाई एकैसाथ नचाउने गीत ल्याए शिव परियारले


मधु नेपाल 

न्यु योर्क, अमेरिका
क्लासिक सङितमा बिशेष दखल राख्ने शिव परियारले १२ बर्षको उमेरमा जिल्लाब्यापी  बालगीत प्रतियोगितामा प्रथम भएपछि उनको सांगितिक यात्रा अगाडि बढेको हो। २००५ मा 'मोक्ष'अल्बम बजारमा ल्याएपछि उनको सांगितिक बजारमा चर्चा हुन थालेको हो। त्यो बेला 'फेवा तालमा साइलि' बोलको गीत चर्चित बनेको थियो । योभन्दा अगाडी अनि अहिलेसम्म पनि शिब परियारले कहिले क्लासिक, कहिले वेष्टर्न त कहिले गितार सिक्दैछन ।

लोक पप , आधुनिक, गजल, पप सबै खाले गीत गाउने शिवले धेरै अवार्ड् हात पारिसकेका छन। उन्का चलेका गीतहरु मध्यका संगि, अलिकति नजर तिम्रो, बाटो मोडेर गयौ, कहा थियौ रंगमंच छुटेपछि आयौ, सुन्छु तिमीले मलाइ, क्या दामि भो लगायतका हुन् ।

आफ्नो पछिल्लो अल्बम शिवालयमा समाबेश हुने गीत एकपछि अर्को गर्दै सार्बजनिक गर्नेक्रममा यो "माया देउ" बोलको गीत आएको छ । उक्त गीतमा स्वर संगीत दुबै शिव  परियारको नै रहेको छ भने शब्द चाहि लोकराज, शिव र सुरज मीलेर गरेका छन।

उनि भन्छन "नयाँ पुस्ताकोलागि मैले आज फेरी आफ्नै संगीत र स्वरमा एउटा प्रेम गीत उपहार भेट चढाए" । शिव परियारको आफ्नो पहिचानको लागि अरु गीत गाउने तर अहिलेको पुस्ताको लागि यो गीत बनाएको उनको तर्क छ। उनि अझै थप्छन "यो क्लब मिक्स गीत हो यहा क्लबमा अरुनै गीत बज्छन तर ३०/४० हजार दर्सक, श्रोता भएको महोललाइ  क्लब जस्तै बनाउने सामर्थ्य  यो  गीतले  राखेको  छ।"

शिव परियारको यो नयाँ गीतले शिर्षकले मागे झै दर्शक स्रोतको माया पाउने कुरामा दुईमत छैन ।