देउवालाई ११ मतको अभाब , दोस्रो चरणको निर्वाचन हुने



काठमाडौँ- कांग्रेस  महाधिवेशनमा सभापतिको लागि कुनै पक्षको स्पष्ट बहुमत आउन नसकेपछि दोश्रो चरणको निर्वाचन हुने भएको छ ।

भर्खरै सकिएको मतगणना परीणम अनुसार देउवाले १५६४ , पौडेलले ११५२ र सिटौलाले ३२४ मत ल्याएका छन् । काँग्रेसको विधान अनुसार पहिलो चरणको निर्वाचनमा कुल खसेको मतको ५१ प्रतिशत आउन नसकेपछि बढी मत ल्याउनेहरु विच दोश्रो चरणको निर्वाचन हुन्छ ।

सोही अनुसार काँग्रेस सभापति हुनका लागि १५ सय ७५ मत ल्याउनुपर्ने थियो तर देउवाको ११ मत पुगेको छैन ।

आइतबार साँझ नेतृत्व चयनका लागि भएको मतगणनापछि राती अबेरबाट सुरु भएको मतगणना आज बिहान सम्मन्न हुँदा सभापतिका प्रत्यासी शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाले सभापति निर्वाचित हुनका लागि आवश्यक मत प्राप्त गर्न सकेनन् ।

देउवाले मत ल्याउँदा पौडेलले मत ल्याए । यस्तै सिटौलाले मत ल्याए । कांग्रेस विधानअनुसार सभापतिको उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेमा पुनः मतदान गर्नुपर्ने व्यवस्था छ । अर्थात १५ सय ७५ मत ल्याउन नसके पुन निर्वाचन हुनेछ । यद्यपी दोस्रो चरणको निर्वाचनमा जाँदा पहिलो चरणको निर्वाचनमा कम मत ल्याउने उम्मेद्वार दौडबाट बाहिरिनेछन् । जसअनुसार अब सिटौला उम्मेद्वारबाट बाहिरिएका छन् भने देउवा र पौडेलबीचमात्रै प्रतिश्पर्धा हुनेछ । जसका लागि आजै निर्वाचन हुने कार्यक्रम छ ।

, ,