एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोको आयोजनामा इनर स्कुल फ्रेन्डशीप तेक्वान्दो च्याम्पियनशीप सम्पन्न




बाल्टिमोर, मार्च १५ |

 बाल्टिमोरमा रहेको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोको आयोजनामा इनर स्कुल फ्रेन्डशीप तेक्वान्दो च्याम्पियनशीप २०१६ सम्पन्न भएको छ |

उक्त च्याम्पियनशीप बिभिन्न (५देखि ५५ बर्ष) उमेर र बेल्ट समुहका ५५ जना तेक्वान्दो प्रशिक्षार्थीहरु सहभागी थिए |

च्याम्पियनशीपमा तेक्वान्दोका फर्म, स्पाईरिङ्ग, र ब्रेकिङ्गमा प्रतिस्पर्धा गरेका थिए |

सो अवसरमा तेक्वान्दोका अन्तराष्ट्रिय निर्णायक दिनेश श्रेष्ठका साथै राष्ट्रिय निर्णायकहरु मनिता शाही, राजु तिमिल्सिना, माईकल ब्राउन, मार्कोस क्याट्लान, मेरियान रबिन्सनले निर्णायकको भूमिका निभाउनु भएको थियो |

च्याम्पियनशीपका बिजयीहरुलाई कार्यक्रमका बिशेष अतिथिहरु युवा डेमोक्र्याट ह्यारी भण्डारी र समाजसेवी मोहन थापाले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो |

एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोका प्रमुख मास्टर कुमार कार्कीले सम्पूर्ण कार्यक्रमको संचालन गर्नु भएको थियो |

तेक्वान्दोका लागि नेपालका अन्तराष्ट्रिय खेलाडी मास्टर कुमार कार्कीले अमेरिकाको बाल्टिमोरमा संचालन गर्नुभएको 'एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो' मा नेपाली र बिदेशी गरि झन्डै एक सय जनाले तेक्वान्दो प्रशिक्षण लिईरहेका छन् |

बाल्टिमोरको  " 8631 Walther Blvd. Nottingham, MD 21236 (Next to Food Lion) मा उक्त तेक्वान्दो प्रशिक्षण रहेको छ |





















,