निगमले किन्ने तेलको मूल्य बढ्यो

काठमाडौं चैत, ८-अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बिस्तारै उकालो लाग्न थालेको छ । डेढ वर्षदेखि ओरालो लागेको मूल्य माथि चढ्न थालेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ ।
कच्चा तेलको मूल्यमा सामान्य वृद्धि भएपछि भारतीय आयल कर्पोरेसनले निगमलाई पठाएको नयाँ मूल्यसूची बढेर आएको छ । सोही कारण इन्धनको मूल्य घट्ने अपेक्षाविपरीत निगमले आइओसीबाट भर्खरै प्राप्त नयाँ मूल्य सूचीमा पेट्रोल ४ रुपैयाँ र डिजलरमट्टीतेल साढे ३ रुपैयाँ बढेर आएको निगमले जनाएको छ ।
‘लामो समयपछि आइओसीले यसपटक पठाएको इन्धन खरिददर बढेर आएको छ,’ उनले भने, ‘त्यसैले हामीले नेपाली बजारमा इन्धनको मूल्य समायोजन नगर्ने सोच बनाएका छौं ।’नयाँ पत्रिका दैनिक