आख़िर गणतन्त्र के हो र ?



बिश्वबन्धु भण्डारी 

एकदिन गाऊँका हजुर बा ले मलाई सोधेँ  : "कान्छा वजाराँ त सबैले गणतन्त्र आयो गणतन्त्र आयो भनेर भन्छन आख़िर गणतन्त्र के हो र ?

मेलै ऊवेला भनेको थिएँ जहाँ जनताको शासन चल्छ जनतावाट चुनिएका प्रतिनिधिहरुले जनताको संबिधान वनाऊँछ जहाँ गास वास र कपासको राम्रो व्यावस्था हुन्छ आफ्नै देशमा रोज़गारी मिल्छ शान्ती सुरक्षा हुन्छ विकास निर्माणका कामहरु तीव्र रुपमा अगाडी बढ्छ त्यहि हो गणतन्त्र ।

ऊहाँसगँको यो सम्बाद २ वर्ष अगाडी गरिएको हो जुनबेला म आफ्नो जन्मभूमि पाल्पाको रामपुर गेझामा पुगेको थिएँ त्यतिवेला देश गणतन्त्र र धर्मनिरपेक्ष भएको पनि २/३ वर्ष भईसकेको थियो पहिलो संबिधान सभावाट संविधान नवनेको र देशमा झन् समस्या बढ्दै गएको  उनले पक्कै देखेका थिए मलाई झट्ट सोधेँ : गणतन्त्र आएको पनि २/३ वर्ष भयो खै गाऊँतिर त तिमीले भनेजस्तो त छैन त ?

 म एकछिन अकमकिएँ के जवाफ दिऊँ दोधारमा भएँ : यो संक्रमणकालिन अवस्था मा यस्तै हो अव नयाँ संविधान वनेपछि विस्तारै समाधान हुदै जान्छ भनेर ऊनको मन शान्त पारिदिएँ आज पछुतो लागिरहेछ किन भने हुलाँ ग़लत क़ुरा ति हजुर बा लाई अचेल त ऊनको अगाडी ऊभिएर सम्वाद गर्नपनि डर लाग्छ "खै गणतन्त्र आएपछि यस्तो हुन्छ ऊस्तो हुन्छ भनेर खुव गफ लाईस् आज गणतन्त्र आएर खै के पायौ हामीले ? ऊल्टै प्रश्न गरे भने मैले के जवाफ दिने ?

जव मान्छेहरु केहिवाट आश गरिरहेका हुन्छन् त्यसप्रति विश्वास गरिरहेका हुन्छन् जव त्यो विस्वास तोडिन्छ अनि मान्छेहरु विकल्प खोज्दा रहेछन् गणतन्त्र,धर्मनिरपेक्ष र संघियतावाट परिवर्तन चाहेका ति हजुर बा आज हिन्दु राज्य चाहियो भनेर कुर्लन थालेका छन् गणतन्त्रको वाटो उनलाई चित्त बुझेन रे राजतन्त्रनै बरु सहि भन्न थाले संघियताका कारण जातजातिका मान्छेहरुविचको दन्दले संघियतापनि गलाको पासो जस्तै लाग्न थाल्यो ऊनलाई ।

ऊनिपनि विकल्पको खोजी गरे दिनदिनै बिहानै ऊठेर नुवाई धुवाई सकेर पुजा पाठ गरेर मन्दिरमा बसेर रामायण र गिता पाठ गर्ने तिनै हजुर बा ले सायद गाऊमै बसेर टेलिभिजन हेर्थे आफुले पढ्दै आएको गिता, रामायण जलाऊनेको भिड देखे सनातन हिन्दु धर्मलाई नाश गर्नका लागि बिदेशी डलर खाएर क्रिश्चियनको प्रचार गर्दै हिडेको देखे हिन्दुको बेइज्यत गर्दै हिड्ने केहि झुन्ड व्यात्तिहरु देखे बिभिन्न लोभ र लालच देखाएर धर्म परिवर्तन गराऊदै गाऊँ गाऊँमा बाईवल बेच्दै हिडेको देखे  ऊनलाई लाग्यो आफ्नो आस्थामाथी आक्रमण गरिदैछ आफुले मानेको भगवानको मुर्ती ढलाईदैछ त्यो उनले सहन सकेनन् अनि भन्दैछन अव देश हिन्दु राज्य हुनुपर्छ । पन्चायतकै वेला गाऊँमा राजनीति गरेका ऊनि राप्रपा का नेता थिए मैले नै हो ६४ को चुनावमा रुखमा भोट हाल्ने वनाएको ।

त्यतिवेला उनले स्विकारेका हुन् गणतन्त्र र धर्मनिरपेक्षता । सवै धर्म बराबर हो राज्यको धर्म हुनु हुदैन सवै जातजातिका लाई बराबर हैसियत दिनुपर्छ ज़ातका आधारमा कसैलाई हेप्न मिल्दैन सवैलाई अधिकार दिनुपर्छ भनेर खुव सम्झाए ऊनै हजुर बाले आफ्ना गाऊलेहरुलाई । तर बिडम्वना आज यो देश, यो समाज यहिका जनजातिहरु यहिका दलितहरु ऊनि वाहुन  भएकैले ऊनलाई सामन्तीको  नजरले देख्छ   बाहुन हुनुमा ऊनको के गल्ती थियो र आख़िर ? ८०% ल्याएर +२ पास गरेको ऊनको नातिले एमविविएस पढ्न छात्र बृर्दि पाएन तर काठमाण्डौमा भव्य महल घर भएको ४७% ल्याएको नातिको साथिले राजनितिक पावरले जनजातिको कोटामा एम बि बि एस पढ्दैछ अव भन्नुस गणतन्त्र आएको त्यसैका लागि हो ?

 देशमा कस्तो व्यावस्था आयो त्यसमा केहि फ़रक पर्दैन फरक त त्यतिखेर पर्दों रहेछ जुन व्यवस्थाले जनताको माग सम्वोधन गर्न सक्दैन भने जनता सधै त्यसको पछि लाग्दैन गणतन्त्र आयो धर्मनिरपेक्षता भयो तर आफ्नै आस्थामा आक्रमण हुन थाल्ने आफ्नै अधिकार सुरक्षित नहुने हो भने किन सधै गणतन्त्र गणतन्त्र भन्दै जप्दै हिड्नुपर्यो र ? सायद हाम्रा हजुर बा ले त्यस्तै सोचे र आफ्नो विचारनै परिवर्तन गरे ऊनि त एक प्रतिनिधी पात्र मात्रै हुन यस्ता विचार परिवर्तन गर्ने लाखौ जनताहरु गाऊँ गाऊँमा भेटिन्छन्

यस्तो ज्वलन्त उदाहरण हो काग्रेसको १३ औं महाधिवेशनको नतिजा । खुमवहादुर खड्का जस्ले खुलेआम सडकमा भन्दै हिडे देश हिन्दु राज्य हुनुपर्छ आज तिनैको सहयोगमा सभापति उठेका शेरवहादुरले सभापति जिते ।

ऊनि उपसभापति पक्कै हुन्छन्  राजतन्त्र र हिन्दु राज्य हुनुपर्छ भन्दै बेलाबेला बिवादमा तानिएका तिनै शसांकले महामन्त्रीमा चुनाव जिते खुमबहादुर आफै केन्द्रीय सदस्यता अग्रता लिदैछन् हिन्दु राज्यकै वकालत गर्ने शंकर भण्डारी जस्ता केन्द्रिय सदस्य जित्दैछन यसैवाट प्रष्ट हुदैछ देशको राजनिति अव कता जादैछ ।  अव भन्नुस् अहिलेको परिस्थीतिमा जनताले गणतन्त्र चाहेको भए धर्मनिरपेक्ष चाहेको भए कांग्रेसभित्र गणतन्त्रको वहसै नचलेका वेला , राजाको प्रत्यक्ष शासन चलेका बेलापनि गणतन्त्र चाहिन्छ भनेर भन्न सक्ने ति आँटिला युवा नेता गगन थापालाई किन चुनावमा हराए प्रतिनिधिहरुले ?

गणतन्त्र र धर्मनिरपेक्षताकालागि ठुलो संघर्ष गरेका तिनै रामचन्द्रलाई किन हराए त ? संवैधानिक राजतन्त्रसहितको हिन्दु राज्य हुनुपर्छ भन्दै पार्टीनै खोलेका कमल थापाविना सरकार चल्दैन, देशभर हिन्दुराज्य चाहिन्छ भन्दै आन्दोलन ऊर्लिन थालेका छन् जनताको यो आवाज अव सुन्ने कि नसुन्ने ? गणतन्त्र र धर्मनिरपेक्षता को सहि सदुपयोग र जनतालाई बुझाऊन नसक्नु राजनीतिक दलहरुको ठुलो भुल हो अव त पहिले जस्तो सहज छैन कांग्रेस हिन्दुमय भैसक्यो एमालेको कुनै मार्गनै छैन जे को माहोल बन्छ त्यतै जाने पार्टी हो ए माओवादी पनि अचेल धेरै कमज़ोर भईसकेको छ भारतले जे चाह्यो त्यहि वनाऊन सक्छ प्रचण्डलाईपनि ।

जहाँ विकृति र अन्यायहरु हुन्छन् त्यहाँ बिद्रोह जन्मन्छ विकल्प खोज्छ मान्छेहरु । त्यस्तै विकल्प खोज्दैछन अचेल नेपालीहरु ।नेपाल बिश्वकै एकमात्र देवभुमि, बिश्वका सवै धर्महरुको आधार वेद रचना गरिएको देश हो हिन्दु जस्तो सहिष्णु धर्म अरु कुनै छैन हिन्दु भित्र अरु हरेक धर्महरु अटाऊन सक्छ हिजो हिन्दु राज्य नेपाल हुदाँ कुन चाहि धर्ममा आस्था राख्नेहरुले आफ्नो धर्म मान्न पाएनन् कुन चाहि हिन्दुले मुस्लिमको अपमान गर्यो कुन क्रिश्चियनको अपमान गर्यो प्रमाण छ ? छैन भने संसारकै एकमात्र हिन्दु राज्यको पहिचाननै समाप्त गरेर धर्मनिरपेक्ष  किन चाहियो ?

अमेरिका देखि युरोपका प्राय देशहरु कुनै पनि हालतमा धर्म निरपेक्ष छैनन।र देशले कुनै न कुनै चर्चलाइ कानुनी मान्यता दिएकै छ  अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुनलाई अनिवार्य रुपमा इसाई हुनैपर्छ र चर्चको पास्चरवाट इसाई भएको प्रमाणपत्र लिनैपर्छ!अमेरिका त संबिधान सम्मत धर्म निरपेक्ष हैन र?

जब उम्मेदवार पेश गर्दा नै इसाई भएको प्रमाण दिनुपर्छ भने अमेरिका कसरी धर्म निरपेक्ष भयो?स्मरण रहोस आजको दिनसम्म गैर इसाई अमेरिकी राष्ट्रपति हुन पाउँदैन। भारतको गणतन्त्र दिवस २०१५ मा प्रमुख अतिथि भएका र त्यो पछि सिधै साउदी नरेशको अन्तेष्टि समारोहमा पुगेका ओबामा र ओबामा पत्नी मिचेलले टाउकोमा सल बाँधेर साउदी नरेशको अन्तेष्टिमा भाग लिइसके पछि ओबामा दम्पतिको सिंगो अमेरिकी इसाई समुदायबाट आलोचना भयो र ओबामा दम्पतिले आफु इसाई नै भएको र येशुप्रति आफ्नो कट्टर प्रतिबद्धता रहेको विज्ञप्ति जारी गर्नु परेको थियो।इसाई भएको प्रमाण दिनुपर्छ भने अमेरिका कसरी धर्म निरिपेक्ष भयो?

बेलायतमा प्रधानमन्त्री हुनलाई सम्भवत प्रोटेस्टेन्ट इसाई नै हुनै पर्छ। त्यहाँको संवैधानिक परम्परा अनुसार- बेलायतका महाराज वा महारानी चर्च अफ इंगल्याण्डका ‘परम संयोजक’ र धर्म रक्षक हुन्। सन् २०११ मा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायतलाई इसाई राष्ट्र भनेर घोषणा गरेका थिए।अनि बेलायत कसरी धर्म निरपेक्ष भयो? स्पेनको संविधानको धारा १५ (३) मा लेखिएको छ-राज्यको धर्म हुनेछैन तर राज्यका अधिकारीले क्याथोलिक चर्च र अन्य धार्मिक विश्वासका बीच पारस्परिक सहयोग कायम राख्ने छन्।अनि स्पेन कसरी धर्म निरपेक्ष भयो?

नर्वेको संविधानको धारा २ ले क्रिस्चियन विरासतलाई राज्यको मूल्यको रुपमा लिएको छ। धारा ४ मा राजतन्त्रले अवलम्वन गर्नुपर्ने खास धर्म सम्प्रदाय किटान गरिएको छ।धारा १६ मा इभान्जेलिकल लुथरन चर्चलाई ‘राज्य चर्च’ को मान्यता दिइएको छ र यसले राज्यबाट सहयोग पाउने कुरा उल्लेख छ। अनि नर्वे कसरी धर्म निरपेक्ष भयो? डेनमार्कको संविधानको धारा ४ मा राज्यको स्थापित चर्च उल्लेख गरि राज्यले उक्त चर्चलाई सहयोग दिने र धारा ६ मा राजा/ रानी उक्त चर्चको सदस्य हुने ‍कुरा उल्लेख छ। धारा ६६,६७,६८,६९ मा चर्च सम्बन्धी व्यवस्था छन्।

अनि डेनमार्क कसरी धर्म निरपेक्ष भयो? माथि उलेखित सबै राष्ट्रहरुले धर्म निरपेक्षको खोल ओडेर इसाई धर्मलाइ पूर्ण 'राष्ट्रधर्म' बनाएका छन र इसाई पहिचानलाई संरक्षण गरेका छन्। अब भन्नुस संसारकै एकमात्र हिन्दु रास्ट्र नेपाललाई धर्मनिरक्षता नै किन चाहियो ?

अन्तैवाट आयातित धर्म संस्कृतिको पछि लाग्नेकि आफ्नै देशमै जन्मेको धर्म संकृति र पहिचानको संरक्षण गर्ने यो सोच्नै पर्ने भएको छ एऊटा स्वतन्त्र राष्ट्रमा हरेक मान्छेहरुले आफ्नो धर्म मान्न पाऊछन् र पाऊनुपर्छ तर धर्मका नाममा व्यापार गर्न मिल्दैन सायद नेपाली जनताहरुलेपनि विस्तारै बुझ्न थालेका छन् आन्दोलनका वेला कतै आवाजै नसुनिएको धर्मनिरपेक्षताका क़ुरा रातारात संविधानमा घुसाएर जनताप्रतिनै धोका दिएका नेताहरु पराजित हुदै जानुले हिन्दु राज्य हुनुपर्छ भन्ने संकेत गरेको छ गणतन्त्र र धर्मनिरपेक्षताको समयमै संस्थागत गरेर हरेक नेपालीहरुलाई प्रशिक्षीत गर्न सकेको भए पक्कै पनि यो हिन्दु राज्यको क़ुरा ऊठ्ने थिएन तर आज त्यहि मुद्दाले स्थान पाएको छ, त्यसले कुन व्यवस्था आऊछ भन्दापनि त्यो व्यवस्थाले जनताको माग सम्वोधन गर्न सक्यो कि सकेन त्यसमै भर पर्छ त्यो व्यवस्था चलाऊने  ड्राईभर कस्तो छ र कसरि चलाईरहेछ त्यसमा भरपर्छ गणतन्त्र र धर्मनिरपेक्षनै सवै क़ुरा हो भन्ने छैन जव गणतन्त्रले खान दिदैन लाऊन दिदैन ढुक्क सगँ सुत्न दिदैन भने गणतन्त्रनै किन चाहियो विकल्प खोज्नैपर्छ |
 हाल जापान