छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

धनगढी, १९ चैत, धनगढी उपमहानगरपालिकामा आज भएका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले धान कुटानी भइरहेको अवस्थामा अचानक मिलको फित्तामा पछ्यौरा अड्किएर घाइते भएकी धनगढी उपमहानगरपालिका–२० फूलबारी गाउँकी २१ वर्षीया राजकुमारी चौधरीको उपचारार्थ अस्पताल ल्याउँदा बाटैमा मृत्यु भएको जनाएको छ ।

यसैगरी माटो खन्ने क्रममा भत्किएको माटाको ढिस्कामा च्यापिएर बिहीबार घाइते भएकी सोही वडाकी २० वर्षीया देवी खत्रीको उपचारका क्रममा सेती अञ्चल अस्पताल धनगढीमा आज मृत्यु भएको छ ।