संविधान कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण ः मन्त्री पाण्डेय

रामपुर पाल्पा, वैशाख १८- उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले संविधानको कार्यान्वयनका लागि पनि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल पाल्पाको सातौँ जिल्ला अधिवेशनलाई आज पाल्पामा सम्बोधन गर्दै उहाँले संविधान निर्माणमा जसरी सञ्चारमाध्यमको भूमिका रह्यो त्यहीअनुसार संविधान कार्यान्वयनमा पनि सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको हो ।
मन्त्री पाण्डेयले सञ्चारमाध्यमले नकारात्मकभन्दा सकारात्मक कुराहरुलाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । मन्त्री पाण्डेयले सञ्चार क्षेत्र सम्बेदनशील क्षेत्र भएकाले विशेष ख्याल गरेर समाचार सम्पे्रषण गर्नुपर्ने बताउनुभएको छ । अधिवेशनको अवसरमा विभिन्न क्षेत्रमा कलम चलाउने पाँचजना पत्रकारहरुलाई सम्मान गरिएको थियो । रासस