माइती जाने बिषयमा विवाद हुँदा सासुको हत्या

रुकुम, वैशाख ८ – सासुको हत्या गरेको आरोपमा रुकुम मग्मा-५ मा एक बुहारी पक्राउ परेकी छन् । ७२ वर्षकी बिष्णु कुमारी खत्रीको हत्या अभियोगमा उहाँकी कान्छी बुहारी १८ वर्षकी सुनिता खत्रीलाई प्रहरीले पक्रेको हो ।
सुनिताको माइती जाने बिषयमा सासु बिष्णुसँग विवाद हुँदा गएको आइतबार राति आठ बजे हत्या भएको प्रहरी कार्यालय रुकुमले जनाएको छ । सुनिताका श्रीमान् गएको दुई वर्षदेखी रोजगारीका लागि साउदी अरबमा रहेकोले सासु बुहारी बिचमा बेलाबखत झगडा हुने गरेको सुनिताले बयानमा बताएको प्रहरीले जनाएको छ ।
घटनाको दिनपनी आफूले माइती जान्छु भनेपछि बिष्णुले गाली गरेर फलामको चिम्टीले हिर्काएको र आफूले रिसमा हसियाँले हानेर घाँटी थिचि हत्या गरेको सुनिताले बयानमा स्वीकारेको प्रहरी नायब निरिक्षक रुपेश खड्काले बताए ।
सुनितालाई जिल्ला अदालत रुकुमबाट दश दिनको म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायब निरिक्षक खड्काले बताउनु भयो । सुनिताका श्रीमान विदेशमा भएकाले नौ महिनाकी छोरी पनी सुनिताकै साथमा प्रहरी हिरासतमा छिन्