भर्जिनियामा नयाँ बर्ष शुभकामना साँझको भब्य तयारी, कुमार बस्नेत र मधु क्षेत्री एकै मन्चमा गायन प्रस्तुत गर्दै


भर्जिनिया, अमेरिका /अप्रिल १९

अमेरिकाको भर्जिनियामा यहि अप्रिल २३ गतेका दिन  नयाँ बर्ष-२०७३ शुभकामना साँझ हुने भएको छ |

प्राईड नेपालको  प्रस्तुति स्वरूप यो कार्यक्रममा नेपालका दुईजना ख्यात्ति प्राप्त कलाकारहरु मधु छेत्री र कुमार बस्नेतले अमेरिकामा पहिलो पटक स्टेजमा संगै कार्यक्रम गर्न लाग्नु भएको संचारकर्मी सरोज के.सीले द नेपाल टुडेलाई बताउनु भयो |

साथमा नायक दिलिप रायमाझी, नायिका अनुपमा प्रसाईको बेजोड नृत्य हेर्न पाईने आयोजक प्राईड नेपालले बताएको छ | कार्यक्रममा प्यारोडी किङ्ग रतन सुबेदीको कमेडी र प्यारोडी गीतहरुले दर्शकहरुले पेट मिचिमिची हाँस्न पाउने छन् |

कार्यक्रममा स्थानीय कलाकार र प्रतिभाहरुको पनि प्रस्तुति रहने जानकारी प्राप्त भएको छ |
यो कार्यक्रमको संचालन चर्चित संचारकर्मी सरोज के.सीले गर्नेछन् |




,