'साकुरा नाईट' मा अन्य आकर्षक प्याकेज सहित फ्रि सेमिनार


सुर्य कर्पोरेसनको साकुरा नाईट हुने दिनमै जापानबासी नेपालीका लागि निकै आकर्षक २१ प्याकेजको बृस्तित जानकारि सहित फुकुओका र टोक्योमा कर्पोरेसनको फ्रि सेमिनार पनि सोहि साकुरा नाईट हुने स्थानमै हुने भएको छ । साकुरा नाईट ५ बजेबाट सुरु हुनेछ भने सेमिनार त्यसको दुई घन्टा अगाडि अर्थात ३ बजेबाट ५ बजेसम्म हुनेछ । ३ बजेबाट ५ बजेसम्म सुर्य कर्पोरेसनको सेमिनार र ५ बजेबाट १० बजेसम्म कार्यक्रम 'साकुरा नाईट' को एकैदिन मज्जा लिन सकिनेछ । उक्त दिन सेमिनारमा उपस्थित सबैलाई कर्पोरेसनको २१ प्याकेजको सेवामा दश प्रतिशत छुटको पनि ब्यबस्था गरिएको छ । बृस्तित जानकारिका लागि ०८० ९८०५ २००८, ०९० ८४०४ २००९ वा ०९० २८५६ ९१९२ मा सम्पर्क गर्न सकिनेछ ।

जापानको क्युश्युमा मुख्य कार्यालय रहेको कर्पोरेसनको यहि एप्रिलबाट टोक्यो कार्यालय पनि संचालनमा ल्याएसंगै यहि गोल्डेन विकमा फुकुओका र टोक्योमा हुने साकुरा नाईट नामक सांस्कृतिक कार्यक्रम मार्फ़त जापानबाशी नेपालीका लागि निकै आकर्षक २१ प्याकेज सहितको वेब साईट लन्च गर्ने भएको छ । जापानको मुख्य सबैजसो शहरहरूमा जापानबाट अमेरिका जाने सम्बन्धि सफल सेमिनार सम्पन्न गरेको सुर्य कर्पोरेसनले करिब तिन महिनाको अन्तरालमा कर्पोरेसनको माध्यमबाट केहिले अमेरिकाको ५ बर्षको भिजा पाई सकेका र केहि प्रक्रियामा रहेका छन ।

गोल्डन विकको अवसरमा जापानको फुकुओका र टोक्योमा हुने ‘साकुरा नाईट’ मा नेपालका अति चर्चित फरक बिधाका ५ कलाकारहरूमा सदावाहार गायक रामकृष्ण ढकाल ढकाल, आधुनिक गायनका नयां आयाम तथा युवामनको ढुकढुकी हिमाल सागर, चर्चित गायिका मिलन अमात्य, हाँस्य कलाकार जितु नेपाल मुन्द्रे सहित कार्यक्रम प्रस्तोता नरेश भट्टराईको बेजोड प्रस्तुती रहनेछ ।

फुकुओकाको च्युओ सिमिन सेन्टरमा मे को ३ तारिक मंगलबार दिनको ५ बजेवाट सुरुहुने कार्यक्रमको टिकट दर २,००० एन रहेको छ भने टोक्योको रोधि कल्वमा हुने कार्यक्रम मे को ८ तारिक आइतबार दिनको ५ बजेबाट नै सुरू हुनेछ । टोक्योमा १ पिउने पदार्थ र खाजा सेट सहित ३,००० को टिकट दर तोकिएको छ । साकुरा नाईट जापानमा नामचिन सुर्य कर्पोरेसनले नेपालमा पहिलो पटक यस अघि ईन्डियाका टप गाएक मिका सिंगको कन्सर्ट गरेको ग्रिस्मा इन्टरटेन्टमेन्ट संग मिलेर गर्दैछ ।