कस्तो निर्दयी दिन बैशाख १२ गते !



विश्वबन्धु भण्डारी
एक बर्ष पुरा भयो विनाशकारी महाभुकम्प गएको | जब ति भुकम्प जादाँको दिन सम्झनामा आऊछ खै किन किन मनको चिसोले मुटु छेडेर आऊँछ | पहाड खसेजसरी तेसै तेसै शरिर गरुङ्गो भएजस्तो लाग्छ | खाली एकोहोरो टोलाईरहन मन लाग्छ | अनि आखामा निश्पट अध्यारो छाएजस्तो भईरहेको छ |

कस्तो निर्दयी दिन बैशाख १२ गते!

 बाहिरी आबरण देख्दा म खुशी जस्तै देखिन्छु सबैका अगाडी | त्यसैले त भेट्नेहरू सबैले भन्छन 'सधै कति खुशी देखिन्छौ है बन्धु' !  बाहिरी आबरणमा जति खुशी देखिन्छु म त्यती खुशी छैन |  भित्र भित्रै पिडाले हल्लाईरहेछ मेरो मन भुकम्पले हल्लाएजसैगरि | सुन्दा त्यति ठुलो पिडा जस्तो नलाग्ला दुनियालाई तर त्यहि पिडाले मलाई हरपल थिचीरहेको छ | कोही आफन्त गुमाउनुको पिडामा छन्, कोहि बस्ने बास गुमाउनुको पिडामा छन त कोहि अझैपनि खान नपाउनुको पिडामा छन |

हो ! मेरा लागी यी समस्याहरु त छैनन तर अलि अपत्यारिलो छ मेरो पिडा | कसैको अधरको मुस्कान लुटिएकोमा पिडीत छु |

पोहोर सालतिर जब म काठमाण्डौमा थिएँ,  बिदाको दिन बाहेक हरेक दिन अफिस समय ऊनि र म सधै मैतिदेबी चोकमा भेटिन्थेउ | हामी दुबैको पर्खाई टेम्पो हुन्थ्यो | हरेक दिन फरकफरक पहिरनमा आउथिन उनि | उहि चोकमा म पनि हरेक दिन पुगिहाल्थे | साढे नौ बजेतिरै | उहि मैतिदेबी चोक | अफिस जाने सिलसिला ।

जब उनलाई म चोकमा देख्थे म भित्रको शान्त मन तरङ्गीत भएर आउथ्यो | उर्जावान र जवान भएर आउथ्यो | खै किन किन एकोहोरो क्वारक्वार्ती हेरिरहन्थे उनलाई |

करिब चार महिना जति भएको थियो उनि र म उसैगरि चौरमा भेटिन थालेको | बारम्बारको भेटले होला मलाई देख्नासाथ उनको अधरमा काँचको टुक्राजस्तो उहि मुस्कान देखा पर्थ्यो | प्रतिक्रियामा म पनि मुसुक्क मुस्कुराउथे | सत्य कसम सुरुसुरुमा त मलाई उनको रुपले तान्यो | उनको ड्रेसअपले तान्यो तर जब ऊनि हरेक दिन भेटिनेबित्तिकै मुसुक्क हाँस्थिन, साच्चै त्यहि मिठो मुस्कानले तान्नथाल्यो | पहिलो भेटको मुस्कानले मेरो मन मुटुलाई उनि जितीरहिन, किनकिन म चुप थिएँ उन्को मिठो आभाष दिने मुस्कानसगँ |

 हो ! म उनको मुस्कानसग लोभिए तर कहिल्यै खुलेर बोलिन, बोल्न नसकेर होईन बोल्ने आट नभएर होईन म बोल्नै चाहिन भन्नेहरुले भन्लान किन नबोलेको नामर्द ? यसो बोलचाल गर्नु भेटघाट गर्नु माया प्रेम गास्नु कतै एकान्तमा डेटिङ सेटिङ जानु अनि जबानीमा मोज मस्ती गर्नुनी,...... अहँ त्यो मैले गर्नै चाहिन | म उनको शरिरसगँ उन्को जबानीसगँ कहिल्यै प्रेम गरिन प्रेम गरे त केबल उनको मुस्कानसगँ ।

शरिरसगँ लोभिएर जबानीको उन्माद बिसाउने योजनामा म उनलाई प्रेमको नाटक गरेर नजिक हुन चाहेको भए पक्कै नजिकीन सक्थेँ हुलाँ | जब हामी नजीकिन्थेउ हाम्रा ब्याबहारहरु एकअर्कामा समाहित हुन सकिन्छ नै भन्ने कुनै ग्यारेन्टी थिएन | हामीमा खटपट पर्नपनि सक्थ्यो | जब खटपट हुन्छ उनि र मेरो सबन्धमा दरार आऊन सक्थ्यो अनि उनको अधरका मुस्कानहरु पनि हराउन सक्थे होलान | जब म कसैको मुस्कानमा लोभिएको छु, समाहित भएको छु, उसैको मुस्कान हराएको देख्न म कहा सक्थे र !  त्यसैले म उनिसगँ हिमचिम बढाउन चाहिन | उनको मुस्कानका लागि हरेक दिन उसैगरि चोकमा भेटिए पुग्थ्यो मलाई ।

७१ सालको फाल्गुनको महिना, गते एकिन भएन, उनि केहि दिन हराईन |  चोकमा भेटिन छोडीन | मनमा फेरि पिडाहरुले सताईरहेको थियो | जब उहि मैतिदेबी चोकको प्रहरी बिटको नजिकै पुग्थे, यताउता आखा बटारी बटारी उनलाई खोज्थे म |  अह़ ! उनि भेटिन्नथिन | निराश भएर लुरुलुरु अफिसतिर लाग्थे | केहि दिन यसैगरि भौतारिएरै बिते मेरा समय |

एक दिन साझपख उनि मैतिदेबीकै तरकारी बजारमा भेटिईन | रातो सारी, हातभरि राता चुरा, सिउदोभरि सिन्दुर लपक्कै ! अनि साईड एउटा लक्का जबान केटा उनको हात समाऊदै हिडीरहेको थियो | मलाई देखेर उनि लजाए झै गरिन् | थोरै लुकेर हिड्न खोज्दै थिईन म अचानक मुसुक्क मुस्कुराएँ  | उनि पहिले जस्तै दिल खोलेर मुस्काउन सकिनन् | तर उनको उहि मुस्कानमै रमाएँ उनको सिउदोको सिन्दुरले मलाई पोलेन | उनको हातमा छमछम बजेका राता चुराले मन हल्लाएन मेरो, अनि सगै उभिएको केटासगँ कुनै रिस भएन मलाई आखिर रिसाउनुपनि किन? म उनको शरिरसगँ कहिल्यै प्रेम गरिन | म उनको नारित्व लुट्नलाई कहिल्यै उद्देलित भईन | मलाई उनका रंगिएका केशहरु खेलाउने रहर कहिल्यै भएन उनको फराकिलो खुल्ला छातीमा यो थकित टाउको राखेर निदाउने रहर भएन | अगालो मारिमारि शहरका गल्लीहरुमा घुम्ने रहर पटक्कै थिएन | रहर त केबल उनको मुस्कानमा रमाउनु थियो | उनलाई पाउने कहिल्यै सपना देखिन | जब म भेट्थे, शहरका गल्लीहरुमा उहिबेला म उनको ओठ हेर्थे र आश गर्थे उहि मुस्कानको !

 तर...बिडम्बना ..........खै कहाबाट आयो यो निर्दयी बैशाख १२ को भुकम्प ! लाखौँ नेपालीहरुको जस्तै उनको अधरको मिठो मुस्कान हराएको छ | चार दिन अगाडी उहि मैतिदेबी चोकमा उन्लाई भेटे | पहिलेजस्तै उहि मुस्कानको आश गर्दै | उन्लाई मैले क्वारक्वार्ती हेरिरहे अह उनि हाँसिनन | कुनै ईशाराले बोलिनन | उनका आखा सुनिएका थिए | पहिलैजस्तै चिटीक्क परेकी थिईनन् | सिउदोको सिन्दुर पुछिएको देखे, छमछम बज्ने हातका चुराहरु बजेनन् ! ति दृष्यले मेरो मनमा पिडाका ज्वालामुखीहरु बिष्फोट भए |भुकम्पको कम्पन जसरी मुटु कापिरह्यौ, हल्लिईरह्यो | अधरको त्यो मिठो मुस्कान लुटिएर ऊजाड भएका ति ओठ हेर्न सकिन र घोप्टीएँ | अनायसै आखाबाट ईन्द्रावती बग्रेल्ती झरिरहे | नजिकै उभिन मनै लागेन | सुक्क सुक्क गर्दै अफिसतिरै लागे | त्यसपछि उन्लाई कतै भेटेकै छैन |

हे निर्दयी भुकम्प ! किन दिन्छस यी खुशी मनहरुलाई पिडा? किन छटपटाहटमा राख्छस यि आत्माहरुलाई ? कस्तो निर्दयी तँ ? कोमल कोमल ओठहरुमा देखिएका मिठो मुस्कान देख्न नसक्ने?

सक्छस भने हरेक दिन तनाबमा राख्ने ति निर्दयी मानबहरुलाई लिएर जा ! जनताकै नाममा राजनिती गर्नेभन्दै जनतालाईनै लुट्ने यि शोशक शाशकहरुलाई लिएर जा ! किन लुट्छस यि मुस्कानहरु? हे भगबान ! जे गर्नु यो निर्दयी भुकम्पले गरिसक्यो | तिम्ले त फिर्ता गरिदेउ ति ओठका मुस्कानहरु ! उनि बिधवा भएर हिडेको देख्न सक्दिन म | उनको आखामा आशु देख्न सक्दिन म | उनको अधर थरथराएको देख्न सक्दिन म |

हे भगबान ! उन्लाई फेरि उस्तै खुशी फिर्ता दिने जोडी मिलाईदेउ | उस्तैगरि शहरका गल्लीहरुमा भेट्दा उनको अधरमा उहि मुस्कान देख्नपाउँ | हे भगबान ! बिन्ती यत्तीत मान तिमीलाई जुनीजुनीसम्म पुजा गरिरहनेछु....|.
रामपुर १५ पाल्पा 
हाल जापान