अस्मी श्रेष्ठ बनिन मिस नेपाल २०१६

काठमाडाैं, २६ चैत्र, अस्मी श्रेष्ठले मिस नेपाल २०१६ को उपाधि हात पारेकी छन्। शुक्रबार राति सवा दश बजे मिस नेपालको घोषणा राजधानीस्थित होटल अन्नपूर्णमा भएको हो।

अन्तिम प्रतिश्पर्धामा १९ जना सहभागी थिए।
अघिल्लो वर्षकी मिस नेपाल इभाना मानन्धरले अस्मीको सिरमा ताज पहिर्‍याइदिएकी छन्।
हिडन ट्रेजरले मिस नेपाल अायोजना गर्ने गर्छ।

मिस नेपाल अर्थको उपाधि रोशनी खत्रीले हात पारिन् भने बर्षा लेखीले मिस नेपाल इन्टरनेसनलको उपाधि जितिन्।

,