को बन्ला संसदीय दलको नेता ? देउवा र पाैडेल पुनः भिडन्तमा

काठमाडौं, २३ चैत्र, नेपाली कांग्रेस संसदीय दलको नेताकालागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशनमा दुबै नेताबीच सभापति पदका लागि भिडन्त भएको थियो जसमा देउवाले वियज हासिल गरे। फेरी एकपटक देउवा र पौडेलबीच चुनावि प्रतिस्पर्धा हुने निश्चित भएको छ।

सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेता बन्न देउवा र पाैडेल दुबैको तीब्र अाकांक्षा देखिएको छ। महाधिवेशनबाट सभापति जितेका देउवा संसदीय दलको नेता पनि बन्ने धुनमा छन्। कम्तिमा एउटा शक्तिशाली पद नपाए दल भित्र र बाहिरको राजनीतिमा केन्द्रीय भूमिका गुम्ने डरले नेता पाैडेल पनि यो पद छाड्ने पक्षमा छैनन्।

संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर दुबै नेताले गराएका हुन्।