बारमा लोकतान्त्रिक समूहले जित्ने निश्चित

काठमाडौं, चैत्र २६, नेपाल बार एसोसिएसनको पछिल्लो निर्वाचन मत परिणामले लोकतान्त्रिक समूह विजय नजिक पुगेको छ। ७ हजार मतगणना गरिसक्दा अध्यक्षमा लोकतान्त्रिक समूहका अध्यक्ष उम्मेद्वार शेरबहादुर केसीले ३ हजार ३ सय ५ मतसहित अग्रता कायमै राखेका छन्। उनका प्रतिद्वन्द्वी प्रगतिशीलका उम्मेद्वार विजयकान्त मैनालीले ३ हजार ९० मत ल्याएका छन्। केसी मैनालीबीच २ सय १५ मत अन्तर देखिएको छ।

उपाध्यक्षाका ६ पदमा लोकतान्त्रिक समूहकै उम्मेदवार अगाडि छन्। महासचिव र कोषाध्यक्षको मतगणनामा पनि लोकतान्त्रिक समूहका उम्मेदवार अगाडि छन्। अाज मध्यान्नसम्मा नतिजा अाउने बताइएको छ।