कमल खनालको ‘परदेशी छोरा’ चर्चित हुदै (भिडियोसहित)


 लोकदोहोरी गायक कमल खनालले ‘परदेशी छोरा’ नामको एकल लोकगीत बजारमा ल्याएका छन् |

स्वर,शब्द र लय सबै आफैं भरेका गायक खनालको यो गीत सबैको मन छुने खालको छ |  यु टुबमा हेर्नेको संख्या बढ्दै गएको छ, चर्चित हुदै गएको पनि छ |

 कामको शिलशिलामा परदेश गएको युवाको दुख र सास्तीलाई गित मार्फत गाएका गायक खनालले म्युजिक भिडियोमा आफैले अभिनय गरेका छन् | साथमा सन्तोष पन्त रमा थपलिया र सपना थापाले पनि भिडियोमा अभिनय गरेका छन् |