ग्यास कालोबजारी गरेको आरोपमा बालाजुबाट एक ब्यापारी पक्राउ

काठमाडौं वैशाख, १६ – ग्यास कालोबजारी गरेको अभियोगमा काठमाडौंको बालाजुबाट एक ब्यापारी पक्राउ परेका छन्। अनुगमनका क्रममा बालाजुको बिनोद मानन्धर स्टोर्समा विभिन्न कम्पनीका ४९ वटा ग्यास सिलिण्डर लुकाएर राखेको भेटिएपछि थप कारबाहीका लागि ब्यापारी बिनोद मानन्धरलाई प्रहरी बृत्त बालाजु लगिएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले जानकारी दिए । एक हप्ता अघि नै ग्यास आएपनि मानन्धरले उपभोक्तालाई ग्यास नदिएको र धेरै पैसा लिएर बेच्ने गरेको पाइएकाले प्रहरीलाई जिम्मा लगाइएको उहाँले बताए ।