बानाको आयोजनामा नयाँ बर्ष शुभकामना साँझ सम्पन्न

बानाको आयोजनामा नयाँ बर्ष शुभकामना साँझ सम्पन्न
बाल्टिमोर अमेरिका / अप्रिल २५

भूकम्पमा परेका बिद्यालयहरुको पुनर्निर्माणका लागि घांसी नेपालको सहयोगार्थ बानाको आयोजनामा अमेरिकाको बाल्टिमोरमा नयाँ बर्ष शुभकामना साँझ २०७३ भव्यका साथ सम्पन्न भएको छ |

शुभकामना साँझको उदघाटन चितवन क्षेत्र नम्बर ४ का सभासद रामकृष्ण घिमिरेले गर्नु भएको थियो | कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभासद घिमिरेले नेपालको आर्थिक उन्नतिमा परदेशिएका नेपालीहरुको भूमिकाको प्रशंसा गर्दै भुकम्पपछिको राहत र पुनर्निर्माणका कार्यमा उनीहरुको हरेक सहयोगको उच्च मूल्य रहेको बताउनु भयो |

कार्यक्रममा बानाका संस्थापक अध्यक्ष मोहन थापा, गैर आवासिय नेपाली संघ अमेरिकाक अध्यक्ष डा. केशब पौडेल, कलाकार रतन सुबेदी, मेरिल्याण्ड स्टेट डेलिगेट क्रिस्चियन मिलि र बाल्टिमोर काउन्टी काउन्सिल मेन डेभिड मार्क्स, घांसी नेपालका अध्यक्ष माधब घिमिरे, महानायक राजेश हमाल लगायतले  बोल्नु भएको थियो |

उदघाटन कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष अनु वन्तले स्वागत गर्नुका साथै महासचिव देव शर्माले संचालन गर्नु भएको थियो | कार्यक्रमको सभापतित्व बानाका अध्यक्ष कुलमणि आचार्यले गर्नु भएको थियो |

कार्यक्रममा  सहभागी भई महाबाणिज्य दुत प्रेम राजा महत र बाणिज्य दुत ऋषिराज ढकालले शुभकामना दिनु भएको थियो |

औपचारिक कार्यक्रम सकिएपछि रमाइलो सांगीतिक कार्यक्रम गरिएको थियो | कार्यक्रममा कलाकारहरु महानायक राजेश हमाल, गायक राजेश पायल राई, नायिका केकी अधिकारी र हाँस्य कलाकार सन्दिप क्षेत्री आआफ्नो कला मार्फत दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गरेका थिए | कार्यक्रममा लोकगायक कमल खनाल, गायकहरु शिवराज जोशी र श्रीजन ताम्राकारले गीत प्रस्तुत गरेका थिए | साथै एभरेष्ट वर्ल्डक्लास तेक्वान्दोका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए |

कार्यक्रममा घांसी नेपालको अभियानलाई सहयोग गर्ने व्यक्तिलाई सम्मान समेत गरिएको थियो |

सांगीतिक कार्यक्रमको संचालन नायिका ऋचा घिमिरे र कलाकार तथा संचारकर्मी सरोज के.सीले गर्नु भएको थियो |