रुस विश्वकपमा भिडियो रेफ्री

एजेन्सी ,वैशाख ८ – फुटबलको अन्तर्राष्ट्रिय प्रशासकिय निकाय फिफाका अध्यक्ष जानी इन्फान्टिनोले सन् २०१८ को रुस विश्वकपमा खेल दाधिकारीलाई सहयोग गर्न भिडियो प्रविधि (भिडियो रेफ्री) प्रयोग हुने बताएका छन् । अन्तर्राष्ट्रिय फुटबल एशोसिएशन बोर्ड आइएफएबीले गएको मार्चमा भिडियो रेफ्री प्रविधिको परीक्षण गर्न स्वीकृति दिएको थियो । आइएफएबीले खेलको नियमका बारेमा नियर्ण गर्ने गरेको छ ।भिडियो प्रविधिको परीक्षणका लागि दुई वर्ष लाग्ने र अहिलेदेखिनै सुरु भएकाले रुस विश्वकपमा यो प्रविधि प्रयोग हुन सक्ने फिफाका अध्यक्ष इन्फान्टिनोले बताए । रुस विश्वकप भिडियो रेफ्री प्रविधि प्रयोग भएको पहिलो विश्वकप हुने र यसले खेल पदाधिकारीको निर्णयलाई निष्पक्ष र पारदर्शी बनाउन सहयोग गर्नेमा आफू आशावादी रहेको उनको भनाई छ ।भिडियो प्रविधिमा रेफ्रीले भिडियो रिप्लेमार्फत आफ्नो निर्णयलाई पुनर्विचार वा छुटेको कुनै घटनामा निर्णय दिन सक्नेछन् । यसबाट गोल, रातो कार्ड, पेनाल्टीसहितका विषयमा निर्णय लिन सजिलो हुनेछ ।
–