सवारी दुर्घटनामा तीनको मृत्यु

काठमाडौं, २३ चैत, बेग्लाबेग्लै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। सुनसरी श्रीपुर–६ स्थित पूर्व-पश्चिम राजमार्गमा को.५ प ७७३० नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले मंगलबार ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार पंकजकुमार यादवको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको छ।

मोटरसाइकलमा सवार ईटहरी–४ बस्ने ४५ वर्षीय सानु भुजेल घाइते भएकोले जिल्ला अस्पताल ईनरुवामा उपचार पश्चात् थप उपचारको लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको प्रहरीले जनाएको छ।

गुल्मी, रुपाकोट–८ स्थित खसीमारेमा लु.२ त ९३४२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने चालक ३४ वर्षीय बुद्धबहादुर बोटेको घट्नास्थलमै मृत्यु भएको छ।

संखुवासभा तामाफोक–९ टाकुरेस्थित सडक किनारामा बिग्रिएर रोखेको को.२ त १३०४ नम्बरको ट्याक्टरमा चढी खेलीरहेको अवस्थामा अचानक ट्याक्टर गुडेपछि हाम फाल्ने क्रममा लडेर गम्भीर घाइते भएकी निसा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।