हो ! म बिदेशमा छु, भगौडा होइन (बिदेशिएको एउटा युवाको बकपत्र)



कृष्ण अधिकारी 
खुल्लामन्चमा  फोस्रा भासण छाट्नेहरु ,यन.जी.ओ,आइ.यन.जी.यो अनि पत्रकारिताको आडमा म जस्ता ५० लाख परदेसिएका युवाहरुको दुख र पिडालाइ मसला बनाएर दाम र नामको वाहवाह खान पल्किएका सम्पूर्णले मलाई बताइदिनुहोला कि म कसरि भगौडे भए आफ्नो जन्मभूमिबाट ?

हुनत चोरले म चोर भनेर भन्ने केहि अपवाद बाहेक अहिले सम्मको इतिहासमा छैन तर वास्तवमा म त्यही अपवाद खोजिरहेछु ,सम्बन्धितहरुमध्य कोहि अपवाद हुनहुन्छ भने जवाफ पक्कै दिनुहुनेछ |

म अहिले मेरो प्राणप्यारो मातृभूमिदेखि ठ्याक्कै ५११६ माइलको दुरीमा छु | यति टाढा आउनुमा म खासै दोषी छैन भन्ने कुरामा बिस्वस्त पार्न चाहान्छु, हरेक दिन जसो तपाईहरुको मानसपटलमा नाचिरहेको र नेपाली संचार जगतमा मसला बनेर आउने समाचारको  कुरालाई यथार्थ हो भनि म कदापि मान्न सक्दिन ,किनकि म भन्न सक्छु  नेपाल आमा मलाई र मजस्त ५० लाख युवाहरुलाई नजा भनेर बिलौना गर्दै रुँदा हामीहरुलाई धपाउनेहरु नै हावी भैदिए, विभिन्न रुप धारण गरेर -
पारिवारिक,सामाजिक,आर्थिक र राजनीतिक रुपबाट, पटक पटक म र म जस्ता लाखौ युवाहरुलाई लखेटियो देशबाट
रेमिटान्सले जिब्रो मिठो बनाउने आशामा ,कति उतै अस्ताए त् कति कहिल्यै नउदाउने घाम बनि फर्किए|  सबैका सपना पुरा गर्ने सपना देखेर जानेहरु कहिल्यै नफर्किने गरि सपना भैदिए,त कति पलाशझैँ अर्थहीन भएर फर्किए ,र बाकी जति छन् ति पनि पक्कै परदेशमा खुसि छैनन पत्रकारहरुले लेखेझै हामी अधिकाम्स देशको कानुन र अस्थिर व्यवस्थाले गर्दा लखेटिएका हौ | र म पनि ढुक्क साथ भन्न सक्छु म पटक्कै खुसि छैन भनेर |

१७ वर्ष हुदा (नागरिकतामा १८ बनाइ ) खाडीमा बैदेशिक रोजगारीको लागि पसेको म  खै अहिले कहाँ आइपुगे आफै ठम्याउन सक्ने अवस्थमा छैन तर कुरा गर्ने हरुका लागि भने युरोपमा छ भन्न मिल्ने बाटो खोलिदिएको छु |
युरोप अमेरिकामा छ  भन्ने बित्तिकै सम्पन्न राजनैतिक हस्ती पुत्र भन्ने अर्थ नलागोस |

म सामान्य परिवारको सन्तान हु,मेरो कुनै राजनीतिमा पहुच पनि छैन, नत मेरो परिवारको सदस्यको नै र अहिलेसम्म म र मेरो देशको स्वाभिमानलाइ धरापमा पार्ने कुनै गतिबिधि मबाट भएको छैन जसका कारण म युरोप आइपुगे |

२०५० सालमा परिवारको जेठो छोराको रुपमा जन्मिएको म,अहिलेसम्म पनि जेठो छोरा हु भनेर भन्न सक्ने हैसियत बनाउन सकेको छैन ६ बर्से बैदेशिक यात्रामा भैसक्दा पनि |

मैले यो पवित्र पवन भूमिलाई  पहिलो पटक स्पर्श गर्दा मेरो बुवा पनि म जस्तै बैदेशिक रोजगारीका लागि युरोपकै जर्मनीमा हुनुहुन्थ्यो रे !
बाल्यकालको मलाइ  कुनै  त्यस्तो अभाव स्मरण छैन ,उसै त ३ ओटा दिदीहरु पछि जन्मेको म मेरो परिवारको लागि पुत्र अभाव मेटाएर नै ठुलो पुण्य कमाइसकेको थिए |

म केहि कुरा हरुलाई स्पस्ट पार्दै सम्बन्धित सबैमा प्रस्न राख्न चाहान्छु , म  कसरि भगौडे भए ?
न त मेरो बुवा नै भगौडे हो मसंग उदाहरण प्रस्तुत गर्नका लागि प्रशस्त सामाग्रीहरु र घटनाहरु छन् ति मध्ये केहि पोख्न चाहान्छु केहि घटना मार्फत -

२०३६ सालको जनमत संग्रहपछि राजसस्था बिरोधि गतिविधिमा संलग्न भएको भन्ने आरोपमा गाउ मात्रै होइन देश नै छोड्नुपर्यो मेरो बुवाले,आफ्नै भाइ भारदार अनि तत्कालिन सरकारका टिका लगाएका केहि पन्चेहरुको चुक्लिका कारण ,फलस्वरुप नचाहदा नचाहादै पनि परदेशी हुनभयो ,करिब १० बर्षे भारतको निर्वाशन पछि २०४६/४७ जन-आन्दोलनलाई सघाउन फर्किनुभयो पुन आफ्नै प्यारो जन्म भूमिमा, ठुलो त्याग र बलिदानपछि बल्लतल्ल देशमा प्रजातन्त्र स्थापना भयो |
प्रजातन्त्र त आयो तर सबैलाई समेट्न सकेन, तत्पश्चात बुवा रोजगारीकै शिलशिलामा जर्मन पलायन हुनभयो |

जर्मनीको करिब २ बर्से बसाइ सकेर कहिल्यै परदेशी नहुने आशमा पुन नेपाल नै फर्कनु भो | मलाई त्यस्तो कुनै दिन स्मरण छैन जुन दिनमा मेरो बुवाले मलाई उहाको काख मा राखेर स्पर्श गर्नु भो , जो उहाको लागि म नै उहाको संसार थिए | उहासंग परिवारको लागि समय कम थियो भन्दा फरक नपर्ला, अक्सर उहा समाजसेवा र राजनीतिमा नै आफ्नै समय ब्यतिथ हुनुभयो |

मलाई त्यस्ता कयौ रातहरु याद छन् ,जुन रातहरुमा मेरी आमा मध्ये रात सम्म बुवालाइ अगेनामा उम्दै खान खान कुर्नुहुन्थ्यो| एउटा एस्तो दिन मलाई ताजै लाग्छ ,एकदिन उहाको संसार जेस्ठ छोरा म ज्वोरोले निस्लोट थिए तर बुवालाई छोरा भन्दा गाउकी बजै को महत्व बढी लागेछ , उहा बजै लाइ अस्पताल लैजानुभो छोरा मलाई छोडेर ,यो घटना सुनाउदै गर्दा मेरी आमाको परेलीले बिजायर भिजयेको मानसपटलमा अझै ताजै छ |

हामी परिवारले साच्चै भन्ने हो भने बुवाबाट पाउनु पर्ने अधिकार पाएनौ भन्दा पनि पाप नलाग्ला,अरुका दुख हेर्दैमा फ़्रुसद मिलेन मेरो बुवालाई !

हुन त सार्वजानिक रुपमा नै भनिरहदा सम्पूर्ण दोस मेरो भगवान परम पुज्य मेरो बुवालाई लगाइरहेको अर्थ लाग्नेछ ,तर सत्य भने येही हो येदि पाप नै लाग्यो भन्यो सजाई भोग्न म हरदम तयार नै रहनेछु |

हुनत उहाले पनि आफ्नो तर्फबाट भरपुर प्रयत्न नगर्नुभएको होइन |

तर समाज, राजनीति अनि राष्ट्रका अगाढी पारिवारिक जिम्मेवारी फिक्का भैदियो , उहाले गरेका योगदानलाई सयाद उहाको मृत्युपर्यन्त नै समाजले मुल्यांकन गर्ने छ किनकि यो हाम्रो चलन हो जहाँ बाचुन्जेल गालि गर्ने मरेसी पार्टी र देशको झन्डा ओडाउने,उहा माथि पनि त्यहि गरिनेछ तर म रहेसम्म  झन्डा ओडाउने चलन लाइ  भने ठाडै अस्विकार गर्ने छु |

हो म त्यही बाबुको छोरा जोसंग परिवारलाइ कम र अन्यमा बढी समय थियो,फल्स्वोरूप आज म परदेशी भएको छु|
मैले आफै मपाई भन्न खोजेको भान कसैलाई नपरोस !

१४ वर्ष काटेर १५ नपुग्दै  यस.यल.सी परिक्षा पास गरे ,राम्रै नतिजा आउनेमा सबैको आशा थियो ,प्रयास पनि गरेकै हो तर नतिजा मेरो पक्षमा परेन,
उच्च शिक्षाका लागि सबैले तयारी गर्दा मैले प्राबिधिक तर्फ आखा लम्काए जुन मेरो बुवालाई पट्टक्कै  मन परेको थिएँ , तर मलाई भने ठुलो आशा थियो नेपालमै कुनै प्रोजेक्ट मा काम गरेर आफनै माटोमा जीवन चलाउने भन्नेमा,सबै उल्टा उल्ट भैगयो बुटवल बाट बि टि आइ मा जुनियर ओभरसियर को बिसयमा २ बर्षे तालिम सकियो एउटा देशोको दक्क्ष नागैरिक प्रमाण पत्र द्वारा घोसित भए |

हातमा  प्रमाण पत्र बोकेर सायद नपुगेको ठाउ बाकी छैन होला ,लेख्दै जादा सायद नाअताउला शब्दहरुमा ,तर केहि समेट्ने जमर्को गरेको छु , २०६७ सालको भदौ तिर नेपाल प्रहरीको प्राबिधिक तर्फ बाट दरखास्त आव्हान गरिएको थियो | जसमा मैले पनि उमेदवारी दिएको थिए , त्यसलाइ मेरो सानो मेहनतले म सफल हुने कुरै थिएन ,कागजात सबै बुझायियो, शारीरक ब्यायामका परिक्षाहरु क्रमश उत्तीर्ण हुदै गए तर अन्त्यमा   अन्तर्वार्तामा सोधिएको एउटा प्रश्नले मलाई अनुत्तीर्ण बनाइदियो , जुन कति दिन सक्छौ भन्ने भावको थियो तथ्यांक का आधारमा जवाफ भने सहि नै थियो चितवनका हात्ती संख्या सोधियापानी जवाफ राष्ट्र बैंकका कागजी हात्तिको चाहान्थे , मबाट त्यो हुन सकेन, म तिनै हाती माथि चढेर देशको कमजोर खम्बा बन्न चाहिन , फलस्वरूप मेरो नाम त्यहा अटाउन सकेन , पैसा र सक्ति हावी हुने यो देशमा मेरो कागजी हात्ती गन्न नसक्नु नै असक्षमता सावित भइदियो|
म चाहन्छु म जस्ता ५० लाख युवालाई भगौडे भन्ने हरुले प्रहरीमा जाची हेर्न सक्नुहुन्छ | यदि अन्तर्वार्ता तथा स्वस्थ परिक्षणसम्म  पुग्नेहरुको कागजपत्र सुरक्षित रहन्छ भने |

यो घटनाले खासै मलाई निराश पारेन किनकी मैले बुझ्न सके यो देशमा योग्यता अनि सक्षमताभन्दा पैसा र शक्ति नै हावी हुनेरहेछ भन्ने |

केहि समयपछि मिडिया जगतमा काम गर्ने चाहना भयो | त्यसको लागि आवस्यक तालिम पनि गरे | पछि एउटा मिडियाले काम दिने भयो (असुरक्षाका कारण नाम उल्लेख गर्न सकिन) तर  एउटा शर्तमा जुन मलाई स्वीकार्य थिएन, तत्कालिन ने.क.पा (माओबादि )को टिका लगाई सदस्यता लिनु पर्ने ! त्यो पनि काम मैले पाउन सकिन बिनासर्त | जहाँ गयो त्यही सर्त, जहाँ गयो पावरका गफ , साच्चै भन्ने हो भने मलाई रहरले होइन बाध्यताले पनि होइन तर देशको राजनीति अनि हाम्रै समाजले धपायो यो परदेशमा ! मैले के गरिन नेपालमै केहि गरु भनेर साइकलमा पत्रिका बेच्नेदेखि लिएर रात्री बसको सहचालक बन्न समेत हिच्किचाइन |

बिधुतप्राधिकरण,विभिन्न लघु जलबिधुत प्रा लि हरु गरि म कहाँ पुगिन जहाँ पनि नाताबाद कृपाबाद , पैसा र पावर हावी भैदियो, सबै कुरा बह्न्ने हो भन्ने पक्कै पनि हर कसैले पनि गोहीका आसु बगाएर सहानुभूति प्रकट  देखाउने छन् |

अब मेरो एउटा मात्रै प्रस्न छ, १७ बर्षे उमेरलाई नागरिकतामा १८ बनाइ खाडी पुगेर 55  डिग्रीको गर्मीमा  बेल्चा चलाउने युवा भगौडे कसरि भयो ? युरोप र अमेरिकामा होटल  रेस्टुरेन्टमा भाडा माझ्ने जापानमा जुत्ता पालिश  गर्दै  परिवारको चारो जोहो गर्ने नेपाली युवा कसरि भगौडे भयो ?

अक्सर नेता र पत्रकारहरुलाई केहि सुझाव प्रदेशबाट दिने हो भने , उहाहरु फुर्ति लाउनुहुन्छ, तिमि भगौडेहरु गफ नछाट ,सक्छौ भने नेपाल फरक केहि गर्ने उपाय नभई विदेश भासिनेहरुले गफ लगाको सुहाउदैन | त्यसैमा खाडीका साथीहरुले हँ मा हँ मिलाएर भन्नुहुन्छ, युरोप अमेरिका पुगेकाहरु भौगडेहरु नै हुन् |

उहाँहरुलाई पनि सोध्न चाहान्छु म, हिजो खाडीको तातो पनि खाए आज यूरोपमा कठ्यांग्रिने जाडो खादैछु | अप तपाइको अर्थमा म कसरि भगौडे भए? मैले किन देशलाइ माया गर्न नपाउनु ? नेपालमा बसेर हामि बिदेशीको रेमिटान्सले भुडी भर्नेहरु देश भक्त हुने रे ! हामी त्यही रेमिटान्स तिर्नेहरु  बोल्दा भगौडे भइने ! यो कस्तो बिडम्बना आफ्नो आंगमा भैसी नदेखेने अरुको जुम्रा पनि कोट्याउने यो कस्तो देशभक्ति हो ?

बुडी भर्नु नै देश मा बसेर आफ्नै दाजु भै लुट्नु, भाईभाई  लडाउनु स्वार्थका लागी  कलम चलाउनु  र अरुको मात्रै आलोचना  गर्नु देशभक्ति हो भने म भगौडे हु भन्न तयार छु | विदेशमा हुनेहरुको मन हुदैन ?

हुन त भन्ने हरुले भनेकै छन्, आफु जुन चिजबाट टाडा छ त्यहि चिज नै सबैभन्दा बढी प्यारो हुन्छ |

हो देश प्रेम पनि त्यस्तै  रहेछ नेपालमा हुदा खासै ध्यान नजाने हरुपनि देशलाई कोतर्दा मात्रै पनि परदेशमा रुन्छन, गत वर्ष आजकै दिन गएको महाभूकम्पमा पनि परदेशीहरुले गरेको सद्भाव र सहयोगलाई  कसले यत्ति छिटै भुल्न सक्छ ? बरु नेपालमै बसेर गफ लाउने  पुनार्निरमानका गफ लाउने नेता पत्रकारहरु तिनै समाचार छापेर डलर कमाए | तिनै कमाउनेहरु नै सच्चा देशप्रेमी सावित भए तर दिन रात मेहनत  गरेर ५  जनाको  परिवार  पाल्न खाडीमा वा जहासुकै  पसिना  बगाउनेहरु  कसरि भगौडे हुन पुगे ?

दिनहु जसो कुनै न कुनै समाचार माध्यममा आउने  विस्लेषण हरु पढ्ने गर्छु ,घुमाइ फिराई हामी परदेशी ५० लाख युवाहरुलाई दोष लगाउने गरिन्छ , भानिन्छा परदेश हरुले देशलाई माया गर्नु हुदैन प्रदेस्बात गरेको माया प्रेम त्यो प्रेम नै होइन | बिदेशमा पसिना बगाउने हरुले रेमिटान्स मात्रै तिर्ने हो देशको बारेमा बोल्नु पाइदैन |त्यसैले त दिनहु जशो हामी हरुलाई नै दोष लगाइदै छ  | म हामी परदेशी हुनुमा हाम्रो व्यक्तिगत मात्रै समस्या देख्ने अनि हाम्रै रेमिटान्स लुटु पुटु पारेर खुब देशभक्त हु भन्नेहरुलाई सोध्न चाहान्छु, मैले किन बोल्न नपाउनु देश मा भैरहेका समस्या अनि कुकर्महरुको  बिरुद्दमा ? कि जहाज चढेर बिदेसिने हरेक युवा नेपाली नै होइन ? म त्यही जन्मे त्यहि हुर्के ,परिवार त्यहि छ मेरो गाउ ठाउ पनि त्यही छ र मेरो राष्ट्र मेरो देश पनि त्यही नेपाल नै हो तर पनि मा किन बोल्न नपाउनु त्यहा भैरहेका अन्याय अत्याचार बिरुद्दमा ?

साच्चै भन्ने हो भने तपाइहरु राजनीति  पत्रकारिता अनि समाजसेवाका नाम मा म र मेरो परिवार जस्तै हजारौ परिवारको पेट मा लात हानेर भाग खोसेर परदेशमा कमाएको पसिनालाइ  चुसेर भुडी ठुलो पार्दै डकार्दै हुनहुन्छ |नेपाल मेरो पनि घर हो ,डेरा होइन चुपचाप आएर २  ३ महिनामा मौन रही फर्किनु पर्ने,मेरो पनि मुटु तपाई जत्ति देशलाई ३ करोड नेपालीले उत्तिकै माया र प्रेम गरेका छन् तपाईहरु जस्ता बाहेक !

किन तपाई पत्रकारहरु हामी परदेशीहरुको नै खेदो खन्न चाहन्हुन्छ ?

तपाइले लेखेका समाचार र तपाई पनि उचाइमा पुग्नु भो हाम्रो कहानी लेखेर तर हामी परदेशीहरुले त्यो समाचारबाट पाउने राहत पाएकी पाएनन् खै कहाँ छ ध्यान तपाइहरुको ?  समचार लेखेर मात्रै समाधान हुने भए आज नेपाल बिस्वको सम्पन्न राष्ट्र भैसक्थ्यो, खै तपाइका समाचार ले सम्बन्धित निकाएलाई झक्झक्याएको ?

कमसेकम कसैको भवनलाई दुरुपयोग त नगरिदिनुस एक हाद जनाले समाधान पनि गरे तर अधिकाम्स हरु किन एस्तो ?किन अकाल मा मर्ने को संख्या दिनानुदीन बढिरहेछ ? त्रिभुवन विमानस्थलबाट काठका बाकसमा फर्किने युवाको संख्या बढिरहेछ ? खै तपाइको समाचारले के गर्यो कसलाई समेट्यो न त सरकारले देख्यो ति समाचार न त समाधान नै गर्न समय छ ,यदि दैनिक समाचारमा येति र उति मात्रै लेख्ने हो भने पत्रकार महासय ले नाम परिवर्तन गरिदिनु तथ्यांक कार भैदिनुहोस त्यसैमा सबैको भलाइ हुनेछ |

देशमा विभिन्न नामको कम्बल उडेर देशलाई कंगाल बनाउने हरु बाट एस्त खलक अभिव्यक्ति आइरहदा भोलि हामी परदेशिएका नेपाली ५० लाख  युवाको अस्तित्व के त ? नेपाल र नेपाल सामु म जस्ता लाखौ परदेशीहरुको अस्तित्व के हो त आफ्नै देशमा  ? म जान्न चाहन्छ , ५० लाख युवा जान्न चाहन्छ साथै उनका परिवार पनि ?

हिजो खाडी हुदै युरोपसम्मको यात्रा पार गरिसक्दा थुप्रै उतारचडावहरुको सामना गर्नु पर्यो | त्यो आफ्नो ठाउमा छ तर करिब १५ राष्ट्र चारिसक्दा पनि अहिलेसम्म कहिँ कतै मेरो शिर झुकेन| नत देशको नै झुकाए, यति हुदाहुदै पनि भनेको छैन मलाइ देशले धपायो | न त म कहिँ शरण माग्न पुगेको छु र कहिले पनि हुने छैन | र अर्को कुरा  पनि देशलाई माया गर्नेहरु देशमै पनि छन् तर परदेशको तुलनामा कम छन | समाचार बनाउनु मात्रै तपाइहरुको कर्तब्य हो भने त्यो कर्तब्यलाइ पनि ब्यबहारमा उतारिदिने आखिर कसले त ?

र अन्त्यमा, अझै पनि प्रतिस्पर्धाबाट अवसर र जिम्मेवारी दिने हो भने कसम खाएर भन्न सक्छु ५०  लाख युवा घर फ़र्किनेछन | उनीहरुले गरेको सामान्य कामबाट पनि देसको मुहार फेरिन सक्छ | देश बिकाश मा ठुलो राहत पुग्न सक्छ |
 साच्चै बिदेशिनु कसैको रहर होइन बाध्यता अनि अस्थिर राजनीतिले धपाएको  हो , हामि भागौडे होइनौ  हामिलाइ पनि सम्मान, अधिकार र जिम्मेवारी दिईन्छ भने भोलि नै हामी युवा हरु देश फर्कन तयार छौ |

नेपाल हाम्रो घर हो डेरा होइन ?
यो हाम्रो रहर वा चाहना होइन ?
 बस हामिलाइ आफ्नै घर फर्किने माहोल बनाइदिनुहोस हामिलाइ यो नै बढी हुनेछ

जय देश
जय स्वाभिमान |