मातेको सुरमा बाबुको हत्या

भोजपुर,  वैशाख १६-मातेको सुरमा एक व्यक्तिले आफ्नै बाबुको हत्या गरेका छन् । भोजपुरको बोया–५ का प्रल्हाद खत्रीले आफ्ना ८० वर्षे बाबु गणेशबहादुर खत्रीको हत्या गरेका हुुन् ।
मङ्गलबार बेलुकी छिमेकीको बिहेमा गएका खत्रीले मातेर घरमा आई आफ्ना बाबुलाई कुटपिट गरेका थिए । छोराको कुटपिटबाट गम्भीर घाइते बनेका गणेशबहादुरको बुधबार उपचारका क्रममा मृत्यु भएको छिमेकी ध्यानबहादुर तामाङले जानकारी दिनुभयो ।
बाबुको हत्या गर्ने प्रल्हादलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जाँडरक्सी खाने बानीकै कारण उनका दुईवटी श्रीमतीले छाडेर गइसकेका छन् भने उनकी आमा पनि छोरीको घरमा गएर बस्ने गरेको स्थानीयवासीको भनाइ छ । रासस