जनसम्पर्क समिति जापानले भूकम्प प्रभावित जापानीहरुलाई सहयोग


ह्याप्पी बन्धु "बिश्व"

अप्रिल २८ / जापान 

राजनीतिक गतिमा मात्रै नभई सधै सामाजिक काममापनि जुटिरहेको नेपाली जनसम्पर्क समिति जापानले दुई साता अघि भूकम्पले क्षति पुर्याएको दक्षिण पश्चिम जापानको कुमामोतो पुगेर भूकम्प प्रभावित जापानीहरुलाई खाना खुवाएको छ । 

जनसम्पर्क समिति जापानले मंगलवार करिव १२०० जनालाई नेपाली खाना तथा अन्य सामाग्री वितरण गरेको महामन्त्री राजेन्द्र जमरकट्टेलले जानकारी दिनुभएको छ ।

जमरकट्टेलका अनुसार सो अवसरमा नेपाली खाना र भिटामिन युक्त पानी वितरण गरिएको थियो । 

गत बर्ष बैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पमा सहयोग गरेका जापानी र जापानप्रती कृतज्ञता जनाउन र नेपालीहरु पनि दूखमा साथ दिन्छन् भन्ने सन्देश छर्नको लागि पनि आफुहरुले यस्तो कार्यक्रमको आयोजना गरेको जमरकट्टेलले बताउनुभयो । सो अवसरमा जापानीहरुले नेपाली टोलिलाई धन्यवाद व्यक्त गर्दै नेपाली सहयोगको लागि आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा जनसम्पर्क समिति जापानका सभापति नारायणप्रसाद सुवेदी, उपसभापतिद्धय डिपी कँडेल, पुस्कर थापा, महामन्त्री राजेन्द्र जम्मरकट्टेल, सहमहामन्त्री बद्री पौडेल, सदस्यहरु ध्रुव वस्नेत, बावुराम सापकोटा, विष्णु अर्याल, आत्मराम गैरे, महासमिति सदस्य रोशन केसी, जनसम्पर्क समिति जापान क्युसु क्षोत्रिय समिति उपसंयोजक डिक कार्की, एनआरएनए आईसीसी सदस्य तुल्सीराम खरेल, एनआरएनए जापान उपाध्यक्ष टक गैरे, सदस्य नन्दु गैरे, मजदुर संघ जापान अध्यक्ष पदम गुरुङ लगायतको सहभागिता रहेको थियो ।

 स्मरण रहोस्, भूकम्प लगत्तै गत साता नेपाल जापान बिद्यार्थी समाजको टोली र गैरआवासीय नेपाली संघ एनआरएनए जापानको टोलीले सो क्षेत्रमा पुगेर ताजा नेपाली खाना खुवाएर जापानिजहरुलाई राहत वितरण गरेको थियो भने दोस्रो चरण अन्तर्गत राहत वितरणको तयारी गरिरहेको एन आरएनका प्रतिनिधिहरुले जानकारी दिनुभएको छ |






,