सडक दुर्घटनामा दुईको मृत्यु

काठमाडौं, २४ चैत, मोरङ र नवलपरासीमा सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। मोरङ लखन्तरी–६ बिर्तास्थित सडकमा को. २ त ११४३ नम्बरको ट्याक्टरले सोही ठाउँ बस्ने ८ वर्षीय सईन माझीलाई बुधबार ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालक ३४ वर्षीय दादुरलाल सरदार घाइते भएकोले न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै नवलपरासी बर्दघाट नगरपालिका–४ सृजना चोकस्थित महेन्द्र राजमार्गमा लु.१ ख ४४९८ नम्बरको बसले लु.६ प ५०३४ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा मोटरसाइकल चालक बर्दघाट–३ बस्ने ६० वर्षीय पिताम्बर पौडेलको मृत्यु भएको छ। मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १५ वर्षीय सिजन ढुंगाना घाइते छन्।