देशबाट राजतन्त्र हट्नुलाइ 'दुर्भाग्यबश' -डा. शशांक कोइराला(भिडियो सहित)




नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संबिधानमा त्रुटी रहेको कुरामा आफ्नो पार्टी सचेत भएको र  उक्त  त्रुटी आपसी सहमति मै समाधान गर्न सकिने विचार ब्यक्त गरेका छन् |

अमेरिकामा रेकर्ड भएको टेलिभिजन कार्यक्रम 'अमेरिकन कन्भरसेसन्स'मा उनले उक्त विचार ब्यक्त गरेका हुन् |

टेलिभिजन अन्तरबार्ता कार्यक्रममा बोल्दै डा. कोइरालाले देशबाट राजतन्त्र हट्नुलाइ 'दुर्भाग्यबश' भन्ने शब्द प्रयोग गरेका  छन् | अमेरिका भ्रमणका क्रममा कोइराला बिभिन्न राज्यमा कांग्रेस कार्यकर्तासंग भेटघाट र अन्तरक्रिया कार्यक्रम गर्दै पनि छन् |

नेपालमा नेपाली कांग्रेस मात्र जरा भएको पार्टी भएको बताउदै कोइरालाले अन्य पार्टीको जरा नभएको पनि बताएका छन् | देशका हरेक क्षेत्रमा राजनीतिकरण भएको स्वीकार गर्दै कोइरालाले अब आफु पार्टी र देशको सिंगो राजनीतिलाइ शुद्दिकरण गर्नुपर्ने  सोचमा रहेको बताए |

पत्रकार कृष्ण शर्माले लिनुभएको उक्त अन्तरबार्ता यहाँ प्रस्तुत छ: