नेपाल जापान बिद्यार्थी समाज जापानमा सामाजिक सेवामा जुट्यो


ह्याप्पी बन्धु "बिश्व"
जापान
जापानको भुकम्प ग्रसित क्षेत्र कुमामोतोमा पहिलो नेपाली टोलिको रुपमा नेपाल जापान विधार्थी समाज र हामिले नगरे कसले गर्ने ? अभियान पुगेको छ ।

 त्यहा अत्यावश्यक पानी लगायत खाद्यान्न सामाग्री लियर भूकम्प प्रभावित क्षेत्रमा पूगेको हो ।

संयुक्त रूपमा गरिएको राहत हस्तान्तरण कार्यक्रमलाई नेपाल जापान विधार्थी समाज किता क्युसु क्षेत्रीय कमिटी र हामीले  नगरे कसले गर्ने ? अभियानका सदस्यहरुले आफ्नो कलेज, कामलाई छोडेर ५ घण्टाको यात्रा गरी भूकम्प प्रभावित क्षेत्रमा पूग़ि राहत हस्तान्तरण गरेका छन ।

 जापानमा अप्रिल १४ र १६ तारिख विहीवार र शनिवार गएको शक्तिशाली भूकम्पका कारण हजारौंको संख्यामा स्थानियहरु शिविरमा वसोवास गर्न बाध्य भएका छन्। क्युसु कौखा जिडोउसिया सेन्मोन गाक्कोउ र कुमामोतो दाईंगाकु गाकुएनमा पूग़ि राहत वितरण गरेको कृष्ण तिवारीले जानकारी दिए ।

राहत हस्तान्तरण कार्यक्रममा विपिन दाहाल , यम बहादुर थापा , कृष्ण तिवारी र कुमार चन्द्र चौलागाइ सहभागी थिए ।

राहत कार्यक्रम नेपाल जापान विधार्थी समाज केन्द्रिय समिति , हामीले नगरे कसले गर्ने ? अभियान, क्षेत्रीय कमिटी सेन्दाइको पूर्ण सहयोग र किता क्यूशु क्षेत्रीय कमिटिको सहभागिता रहेको थियो | रकम संकलन अभियानमा सहयोग गर्ने सम्पूर्ण जापानवासी नेपालीहरुलाई बिद्यार्थी समाजका संयोजक सन्तोष वावु चोखाल, हामीले नगरे कस्ले गर्ने अभियानका अन्तराष्टीय संयोजक दीपकवावु नेपाल र समाजको क्षेत्रिय समिती सेन्दाईका रकम संकलन समितीका संयोजक कृष्ण नेपालले धन्यवाद दिनुभएको छ |