पौडेलले दिए देउवालाई बधाई

काठमाडौं, २४ चैत, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित हुनुभएकामा हार्दिक बधाई दिएका छन्।

निर्वाचित भएलगत्तै देउवालाई टेलिफोन गरेर उनले बधाई दिएका हुन्। नेता पौडेलले लोकतान्त्रिक विधिबाट संसदीय दलको नेतामा निर्वाचित भएको भन्दै पार्टी सभापति देउवालाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।