एकै घरमा चार जनाको हत्या, हत्या भएकाहरुमा दुई महिला दुई बालिका



सल्यानको छायाक्षेत्र-९ रानागाउँमा एकै घरमा चार जनाको रहस्यमय हत्या भएको छ । हत्या हुनेमा २२ वर्षीया सीता राना, उनको ढाई वर्षकी छोरी पवित्रा खान, १ वर्षकी छोरी सबिता खान र छिमेकी १७ वर्षकी कि गीता गिरी छन् |

एक बृद्धा घाइते छिन् तर उनको नाम खुलेको छैन । उनीहरुको बुधबार बिहान ८ बजेतिर हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।
सबै जनाको सीता रानाको घरभित्र हत्या भएको थियो |

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हत्या कसले गरेको भन्ने बारेमा खुल्न सकेको छैन । हत्याको अनुसन्धान भइरहेकोले पुरा बिबरन आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।