केही दिन पानी पर्ने सम्भावना छैन

काठमाडौं, वैशाख ८-अबको केही दिन पूर्व बाहेकका अरु ठाउँमा पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद मिनकुमार अर्यालका अनुसार पानी पार्ने वायु कमजोर भएकाले अबको केही दिन पानी पर्ने सम्भावना छैन ।
तर पूर्वमा स्थानीय वायुको प्रभावका कारण एक दुई ठाउँमा बेलुका मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना भने रहेको उहाँले बताए । अझैपनि राम्रोसँग पानी पर्न नसक्दा मौसम खुल्न नसकेको मौसमविद् अर्यालले बताए । प्रदुषण धेरै भएकाले आवश्यक पानी नपर्दा मौसम खुल्न नसकेको उहाँले बताए ।