एक मात्र दलित सिडिओ : मानबहादुर विश्वकर्माकाे कथा


 विश्वास खड्काथोकी

एउटै कक्षामा पढ्ने साथीभाइसगैँ बस्न नपाउदँ एउटा कलिलो दिमागमा कस्तो प्रभाव पर्ला ? के उसले त्यो वातावरणमा आफूलाई एड्जस्ट गर्न सक्ला ? दुई–चार दिन चल्ला, त्यसपछि त्यो कलिलो मस्तिष्क विरक्तिन्छ । सम्भवतः यस्तो जवाफ आउला । तर, दृढता र मनमा इख भयो भने मान्छे सफलताको शिखरमा पुगेरै छाड्छ । यस्तै एक नमुना बनेका छन्, मानबहादुर विश्वकर्मा । स“गै अन्य साथीहरूसगँ बस्न नपाउने भएकाले मानबहादुर सानोमा घरबाटै गुन्द्री बोकेर स्कुल पुग्थे । अरू साथीभाइभन्दा पर बस्थे र दिनभर पढ्थे । साथीहरूले मन्दिरभित्र किताब फालिदि“दा रुनुको विकल्प उनीसगँ थिएन । रित्तो हात घर फर्किनुपर्दा पनि उनी विचलित हुन्थेनन्, भोलिपल्ट फेरि स्कुल जान्थे । त्यही मिहिनेत र दृढताको परिणाम हुन सक्छ, अहिले मानबहादुर प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका छन् ।

मकवानपुरका सिडिओ मानबहादुर २०२१ सालमा पाल्पामा जन्मे । त्यहीँ हुर्के । समाज तथा एउटै कक्षामा पढ्ने साथीभाइले हेला गर्दा पनि अध्ययनलाई अगाडि बढाइरहे । उनको मिहिनेतको फल हुनुपर्छ, उनी कुनै पनि परीक्षामा अनुत्तीर्ण भएनन् । श्रम मन्त्रालयको महानिर्देशक हुदँ प्रमुख जिल्ला अधिकारी बनेका मानबहादुरले समीक्षा गर्छन्, ‘सायद भारतमा दुई वर्ष पढेकाले ममा पढ्नुपर्छ भन्ने भावना जागृत भयो । मैले त्यही भावनाअनुरूप अध्ययनलाई अगाडि बढाइरहे ।’

ताप्के, दिउरी बेचेर स्कुल
मानबहादुरका बुबा भीमबहादुर गुजाराका लागि भारतमा थिए । आमा देवी घरधन्दामा । हजुरबुबा आरनको काम गर्थे । बाबुस“गै भारत पुगेका मानबहादुरले तीन कक्षासम्म भारतमा पढे र गाउ“ फर्किएर दुई कक्षामा भर्ना भए । भारतको बेसले उनको अंग्रेजी र गणित राम्रो थियो । भन्छन्, ‘पहिलो अर्धवार्षिक परीक्षामा अरू सबैमा फेल भए“, गणित र अंग्रेजीमा सबैलाई टपे ।’
भरतमा मजदुरी गर्न पुगेका बुबाले समयमा पैसा पठाउन सकेका थिएनन् । यसले घरको आर्थिक अवस्था कमजोर त भयो नै, मानबहादुरको शिक्षामा पनि समस्या प¥यो । स्कुल फी तिर्न समस्या परेपछि मानबहादुर हजुरबुबास“ग आरनमा काम गर्न थाले । ताप्के, दिउरी बनाउन थाले । अनि त्यही बाटोमा बेच्न हिँडे । ‘कहिलेकाही“ तानसेनसम्म पनि पुगिन्थ्यो,’ उनी भन्छन्, ‘सामान बेचेको पैसाले फलाम किनेर ल्याउथे, त्यसबाट स्कुल फी तिर्न पनि पैसा पुग्थ्यो ।’ यसरी उनले १० कक्षासम्म पढे ।

‘शिक्षक कुलप्रसाद नेपालले नै चिठी लेख्नुभएको थियो, सरकाले पढाउँछ तिमी आऊ भनेर,’ उनी सम्झन्छन्, ‘पाएको जागिर छोडेर घर फर्के ।’ फस्र्ट डिभिजन ल्याएबापत तत्कालीन शिक्षामन्त्री पशुपतिशमशेर जबराबाट तक्मा पहिरिएपछि मानबहादुर आशावादी भए । तर, न सरकारले उनलाई पढायो, न उनले कुनै जागिर पाए । छटपटीमा उनले एक वर्ष बिताए ।

दिल्लीमा भाँडा माझ्दा एसएलसीको रिजल्ट

एसएलसीको परीक्षा दिएपछि मानबहादुरले नयाँ दिल्लीमा एकजना इन्जिनियरको घरमा काम पाए । एसएलसीको रिजल्ट आउदा पनि उनी त्यहीँ काम गरिरहेका थिए । काकाले खबर पठाएपछि बल्ल उनले थाहा पाए– एसएलसीमा फस्र्ट डिभिजनमा पास भएको ।

फस्र्ट डिभिजन ल्याउ“दाको खुसी उनी वर्णन गर्नै सक्दैनन् । तर, त्यसका पछाडि उनको दुःख अहिले पनि सम्झनामा छ । उनी भन्छन्, ‘मेरो कान्छो भाइ जन्मिएको थियो । आमाले नसक्ने भएपछि घरको काम पनि म आफैँले गर्न थालेको थिए ।’ मानबहादुर स्मृतिमा यसरी हराउ“छन्, मानौँ उनी वर्षौँ पहिले पुगेका छन् । त्यतिवेलाको सुस्केरा मेटाउन अहिले पनि उनलाई एक गिलास पानी चाहिन्छ । टेबलबाट पानी पिउ“छन् र उनी भन्छन्, ‘एसएलसीको तयारी गर्दा एकतिर भात बसाल्थेँ, अनि सल्लाको खोटो बालेर पढ्थे ।’

रिजल्ट आएपछि पनि उनी फर्केर नेपाल आएनन् । काकाले सर्टिफिकेट भारत पठाइदिए । तिनै इन्जिनियरको सहयोगमा उनले भारतको ‘नर्दन होटल लिमिटेड’मा भर्ना भए । त्यतिवेला उनले भारतमा लोकसेवा पनि दिए । पास पनि भए । तर, भारतमा काम गर्न पाएनन् मानबहादुरले । काम गर्न नपाउनुको कारण थियो– गाउँबाट तारन्तार फर्किन खबर आउनु ।
‘शिक्षक कुलप्रसाद नेपालले नै चिठी लेख्नुभएको थियो, सरकाले पढाउँछ तिमी आऊ भनेर,’ उनी सम्झन्छन्, ‘पाएको जागिर छोडेर घर फर्के ।’ फस्र्ट डिभिजन ल्याएबापत तत्कालीन शिक्षामन्त्री पशुपतिशमशेर जबराबाट तक्मा पहिरिएपछि मानबहादुर आशावादी भए । तर, न सरकारले उनलाई पढायो, न उनले कुनै जागिर पाए । छटपटीमा उनले एक वर्ष बिताए ।



ट्युसन पढाउँदै, पढ्दै
गाउँमा मात्र बसेर केही नहुने भएपछि उनी कोदाको पिठो र चामल पोको पारेर तानसेन हान्निए । झोलामा दुई–चारवटा भाँडा र दाउरा पनि बोकेका थिए उनले । तानसेनमा मानबहादुरका भिनाजु थिए । भिनाजुकोमा पुगेपछि उनले क्याम्पस भर्ना पनि गरे । ‘भिनाजु तामाका भाँडा बनाउनुहुन्थ्यो,’ उनी सम्झन्छन्, ‘त्यही भाँडा बनाउने कोठाको एउटा कुनामा सुत्न थाले । कमर्समा भर्ना भए। खासमा मेरो मनचाहि विज्ञान पढ् भन्ने थियो ।’ खासमा भारतबाट उनलाई फर्काउन चिठी लेखेका नेपालले मानबहादुरले पोखरामा विज्ञान पढ्ने कुरा उल्लेख गरेका थिए ।

तानसेनमा पढ्न र बस्न मानबहादुरलाई खर्च चाहिन्थ्यो । उनले एउटा आइडिया निकालिहाले । ‘त्यतिवेला एसएलसी ट्युसनको खुब चलन थियो । मैले भिनाजुसँग सल्लाह गरे । अनि एउटा कोठा लिएर एसएलसीको ट्युसन
पढाउन थाल ।’
त्यति मात्र होइन, मानबहादुरले तानसेनकै जनता माध्यमिक विद्यालयमा बेलुकी कक्षा पढाउने जिम्मेवारी पनि पाए । ४५ रुपैयाँ को जागिरबाट काम सुरु गरेका उनले केही समयमा नै अस्थायी शिक्षकमा नाम निकाले । उनको तलब ६ सयमा पुग्यो । केही समयपछि उनले स्थायी शिक्षकमा पनि नाम निकाले । ‘तर, गाउँ जानुपर्ने थियो, मैले त्यो स्थायी जागिर छाडँ,’ उनी सम्झन्छन्, ‘आइकम पनि सकिएको थियो ।’

केही समयपछि उनी सुर्खेत पुगे । नायव सुब्बाको परीक्षा दिए । नाम पनि निकाले । तर, उनी धर्मसंकटमा परे । ‘०४५ सालतिर हो । मेरो बिकम सकियो,’ उनी सम्झन्छन्, ‘मसँग दुई अप्सन थिए । कि नायव सुब्बा भएर दुर्गममा जाने वा खरदारकै रूपमा काठमाडौंको हवाई विभागका जागिर खाने अनि डिग्री पनि पढ्ने ।’ मानबहादुरले दोस्रो अप्सन रोजे ।

सुब्बाको जागिर छोडेको क्षण
०४२–४३ सालको कुरा हो । उनले ट्युसन पढाइरहेका थिए । लोकसेवाको फर्म खुलेको सुइँको पाए । खरदारसरहको सहलेखापालमा नाम पनि निकाले । त्यतिवेला उनी अर्घाखाँचीमा तोकिए । उनी मुसुक्क हाँस्छन्, ‘सरकारी जागिर त छोड्ने कुरा भएन ।’
केही समयपछि उनी सुर्खेत पुगे । नायव सुब्बाको परीक्षा दिए । नाम पनि निकाले । तर, उनी धर्मसंकटमा परे । ‘०४५ सालतिर हो । मेरो बिकम सकियो,’ उनी सम्झन्छन्, ‘मसँग दुई अप्सन थिए । कि नायव सुब्बा भएर दुर्गममा जाने वा खरदारकै रूपमा काठमाडौंको हवाई विभागका जागिर खाने अनि डिग्री पनि पढ्ने ।’ मानबहादुरले दोस्रो अप्सन रोजे ।

काठमाडौंमा डेरा निकाला
काठमाडौंमा मानबहादुर थापा गाउँमा बस्न थाले । घरधनी ब्राह्मण समुदायका थिए । एक महिनाजति त्यहीँ बसे । उनी भन्छन्, ‘सरकारी जागिरे भनेपछि जात सोध्ने कुरै भएन । निजामतीमा दलित निकै कम थिए । पछि घरधनीलाई कसैले मेरो जातबारे सुनाइदिएछ । त्यसपछि त तत्काल कोठा छोड्न लगाए । म भाँडाकुडा बोकेर साथीसँग बुद्धनगर गएर बसे“ ।’

खरदारदेखि शाखा अधिकृतसम्म
काठमाडौं आएपछि बिकेले भेटेजतिका संघसंस्थाको अधिकृतमा फर्म भर्न थाले । उनी अहिले पनि सम्झन्छन्, ‘त्यतिवेला कम्तीमा १० वटा संस्थामा परीक्षा दिए होला । प्रायः सबैमा लिखितमा नाम निस्कियो र केहीमा अन्तर्वार्तामा फालिए“ ।’
०४६ सालमा उनले लोकसेवाको लेखा अधिकृतमै नाम निकाले । उनले हेड अफिसमा पुगेर नियुक्ति त लिए । तर, उनलाई जागिर पारियो, जुम्ला । उनी भन्छन्, ‘मैले तेस्रो नम्बरमा नाम निकालेको थिए। पाँचौ नम्बरसम्म नाम निकाल्नेलाई काठमाडौंमै राखिन्थ्यो । तर, मलाई जुम्ला पारियो । मैले हिम्मत गरेर कार्यालय प्रमुख डा. सुरेश शर्मास“ग भने– म जुम्लाबाहेक पश्चिममको जुनसुकै ठाउँमा पनि जान तयार छु । ममाथि अन्याय भयो सर । पछि मलाई काठमाडौंमै राखियो, अनि काठमाडौं परेकालाई जुम्ला पु¥याइयो । अनि लेखा अधिकृतका रूपमा काठमाडौंमै काम सुरु गरे“ ।’
लेखा अधिकृत भएको करिब सात महिना भएको थियो । शाखा अधिकृतमा फर्म खुल्यो । उनले त्यहा“ पनि परीक्षा दिए । नाम पनि निकाले । अनि ०४७ मा उद्योग अधिकृत भएर कपिलवस्तु पुगे । उनी काभ्रे, ललितपुर हुँदै सहकारी मन्त्रालयमा आइपुगे । उनी जहाँ पुग्थे, त्यहीँको क्याम्पसमा पढाउथे ।

८ वर्षपछि सर्वोच्चको फैसला

मानबहादुरलाई रामेश्वर खनाललगायतका साथीले सिए पढ्न झकझक्याए । उनले ०५३ मा नेपाल सरकारबाट अध्ययन बिदा स्वीकृति लिए । कानपुर पुगेर भर्नाको प्रक्रिया पूरा नगर्दै कोअपरेटिभ म्यानेजमेन्ट पढ्न उनले जापान जाने अवसर पनि पाए । त्यो कार्यक्रम तीन महिनाको थियो । पछि बिदा माग गरेर इन्स्टिच्युटमै पढाइ सुरु गरे । तर, पछि उनको बिदा स्वीकृत भएन । ३५ दिनभित्र हाजिर हुने चिठी मानबहादुरको घरमै पुगेछ । तर, उनले बिदा माग्न छाडेनन् । तर, दुई वर्षसम्म बिदा स्वीकृत भएन । करिअर नै धरापमा पर्ने देखेर अन्तिम वर्ष नै छाडेर सन् २००० मा बिके नेपाल फर्किए ।

सरासर मन्त्रालयमा गएर एप्रोज गर्दा हाजिर गराउन आनाकानी गरियो । बिके भन्छन्, ‘अर्का अधिकृतचाहि“ विनासूचना पाँच वर्ष जापान हराएर आएको फाइल पनि रहेछ । उनलाई चाहि“ खुरुक्क हाजिर गराए । यहाँ निर म विभेदमा परे कि भन्ने लाग्छ ।’
केही सीप नलागेपछि बिकेले सर्वोच्च अदालतमा मुद्दा दायर गरे । त्यसपछि उनको निजामती सेवामा ब्रेक लाग्यो ।
बीचमा उनी विभिन्न संस्थामा आबद्ध भए । निजामती सेवाको मोहबाट मुक्तजस्तै भए । तर, सर्वोच्चको निर्णय उनको पक्षमा आयो । ८ वर्षपछि सर्वोच्चले उनलाई हाजिर गराउनू भन्ने आदेश दियो ।

उनी राजीनामा दिने सोचमा थिए । तर, त्यही समय सहसचिवको पदका लागि दरखास्त आह्वान भयो । त्यो अवसर छुटाएनन् उनले । उनको नाम पनि निस्कियो । उनी भन्छन्, ‘समुदायका लागि पनि राम्रो हुन्छ भनेर म निजामतीकै यात्रा तय गर्ने निर्णयमा पुगे ।’
सरासर मन्त्रालयमा गएर एप्रोज गर्दा हाजिर गराउन आनाकानी गरियो । बिके भन्छन्, ‘अर्का अधिकृतचाहि“ विनासूचना पाँच वर्ष जापान हराएर आएको फाइल पनि रहेछ । उनलाई चाहि“ खुरुक्क हाजिर गराए । यहाँ निर म विभेदमा परे कि भन्ने लाग्छ ।’ केही सीप नलागेपछि बिकेले सर्वोच्च अदालतमा मुद्दा दायर गरे । त्यसपछि उनको निजामती सेवामा ब्रेक लाग्यो ।
बीचमा उनी विभिन्न संस्थामा आबद्ध भए । निजामती सेवाको मोहबाट मुक्तजस्तै भए । तर, सर्वोच्चको निर्णय उनको पक्षमा आयो । ८ वर्षपछि सर्वोच्चले उनलाई हाजिर गराउनू भन्ने आदेश दियो ।

सिडिओको लफडा

उनी ०६९ सालमा गृहमा जाने लगभग टुंगो लागिसकेको थियो । उनी भन्छन्, ‘म पनि समुदायसँग नजिक रहेर काम गर्न पाइने भएकाले प्रजिअ हुने मनिस्थितिमा थिए । र, मानसिक रूपमा तयार भइसकेको थिए“ । त्यही वेला श्रम तथा यातायात मन्त्रालयमा परेको अनएक्सपेक्टेड चिठी हात लाग्यो ।’

विजय गच्छादार गृहमन्त्री हुँदाताका भने उनको खोजी भयो । र, प्रजिअका रूपमा बर्दियामा पुगे । उनी भन्छन्, ‘गच्छादारले बोलाएरै समावेशी बनाउन हामीले तपाईंलाई प्रजिअ बनाउने निर्णय गरेका छौँ , भन्नुभयो ।’

१० बर्षपछि ससुराली
मानबहादुर ०५० मा विवाह बन्धनमा बाँधिए । उनको विवाह भयो, सल्यानकी क्षेत्री कन्यासँग । उनीहरुले अन्तरजातिय विवाह गरे ।
छोरीले अन्तरजातिय विवाह गरेपछि माइत बोलाउँने कुरै भएन । उनीहरुले प्रेमको निशानी, एक छोरालाई जन्म दिए । विहे गरेको तीन वर्षपछि मात्र उनी माईत जान पाईन । तर, बिके त ०६१ सालमा मात्र औपचारिक रुपमा ससुराली जान पाए । उनी भन्छन्, ‘पछि त उहाहरुको चाहाना नभएको होइन । काठमाडौंमा उनको बुवासँग भेट भैरहन्थ्यो । ब्यस्त पनि भएँ । त्यसैले ससुराली जान पनि ढिलै भयो ।’ नयाँ पत्रिकाबाट

,