नयाँ लोक गीत “गैह्राबारी फूल फूल्यो” को भिडियो सार्बजनिक

ह्याप्पी बन्धु"बिश्व"
जापान
नेपाली लोक गीत संगीतका पारखिहरुका लागि चर्चित युवा गायक माधव सिग्देल र नव गायिका धनमायाँ तमाङको सुमधुर स्वरमा रहेको लोक दोहोरी गीतको म्युजिक भिडियो जापानवाट सार्बजनिक भएको छ । गायक पुर्षोत्तम सिग्देल, माधव सिग्देलको उत्कृस्ट शब्द रहेको “गैह्राबारी फूल फूल्यो” बोलको गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोमा चर्चित मोडेल बब्बु थापा र रश्मी तमाङको अभिनय  गरेका छन् गायक सिग्देल कै लय र  उत्कृष्ट शब्द रहेको गीतको म्युजिक भिडियोलाई स्मृती तिमील्सिनाले निर्देशन गरेकी हुन । दिपक बिष्टको सम्पादन रहेको यस म्युजिक भिडियोको छायांकन सुरेश श्रेष्ठ ले गरेका छन् । भिडियोलाई आशय डिजिटल प्रा.ली ले बजारमा ल्याएको हो ।
भिडियो हेरौं