अवकाश पाएका चार डिअाइजी एआइजीमा बढुवा

काठमाडाैं, २६ चैत्र, मन्त्रिपरिषद्ले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै २०७१ साउन २९ गतेदेखि लागू हुनेगरी विशेष दरबन्दीमार्फत प्रहरी नायब महानीरक्षकहरुलाई बढुवा र पदस्थापन गर्ने निर्णय गरेको छ ।

बढुवा हुने यादव अधिकारी, पशुराम खत्री, विश्वराजसिंह शाही र सुशीलवरसिंह थापालाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा र पदस्थापन गर्ने निर्णय गरिएको मन्त्री राईले बताए।

पदस्थापना भएका अतिरिक्त महानिरीक्षकहरु अवकाश भएमा वा अन्य कारणले रिक्त भएमा स्वतः पद खारेज हुने व्यवस्था गरिएको छ ।