खै कहाँ डलर फल्छ ,अमेरिकामा..? (गजल)




                            -आनन्द मोहन खनाल 

खै कहाँ डलर फल्छ ,अमेरिकामा..? !!
न तेरो न मेरो केहि चल्छ, अमेरिकामा..!!

अहं देख्दिन अविरल बहने नदि-नाला,
तैपनि रातदिन बत्ति बल्छ, अमेरिकामा !!

जनता श्रम गर्छन्,राष्ट्र-प्रति बफादार छन्,
न बल्छ टायर न सरकार ढल्छ अमेरिकामा !!

नयन भरि आशु लिदै,फर्किएर नेपाल हेर्छु ,
दुखी मन अनायासै जल्छ, अमेरिकामा !!


थुम्की ३कास्की 
हाल : अमेरिका