लिभरपुलको शानदार जित

 एजेन्सी वैशाख, ९-इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले शानदार जित दर्ता गरेको छ । लिभरपुलले १० खेलाडीमा सीमित भएको एभर्टनलाई ४–० ले हरायो । ४३ औं मिनेटमा डिभोक ओरिजीले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको अन्तिममा मामाडु शाखोले लिभरपुलको अग्रता दोब्बर पारे । ५० औं मिनेटमा फुनस मोरी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एभर्टन १० खेलाडीमा सीमित भयो । ६१ औं मिनेटमा ड्यानियल स्टरेज र ७६ औं मिनेटमा फिलिप कान्टिनियोले एक एक गोल गरेपछि लिभरपुलले ४–० को जित सुनिश्चित गर्‍यो । जितपछि सातौं स्थानमा उक्लिएको लिभरपुलको ३३ खेलबाट ५४ अंक भएको छ । ३४ खेलबाट ४१ अंक जोडेको एभर्टन ११ औं स्थानमा छ । अर्को खेलमा वेष्ट ह्यामले वाट्फोर्डलाई ३–१ ले हरायो । ३४ खेलबाट ५६ अंकसहित वेष्ट ह्याम छैंटौं स्थानमा छ भने समान ३४ खेलबाट ४१ अंकसहित वाट्फोर्ड १२ औं स्थानमा छ ।
–