'अनेसास नवरत्न पुरस्कारबाट नौ महिला सम्मानित


न्यू योर्क, अप्रिल २ /

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), महिला समितिद्वारा स्थापना गरिएको  'अनेसास नवरत्न पुरस्कार' बाट पहिलो पटक नेपाली साहित्य, कला र समाजसेवाका क्षेत्रमा समर्पित नौजना महिला सम्मानित गरिएको छ ।

पुरस्कृत हुनेहरुमा वरिष्ठ हाँस्य अभिनेत्री वसुन्धरा भुसाल, नेपालकि पहिलो महिला पिएच्डी (नृत्यमा) वरिष्ठ नृत्य निर्देशक एवं साहित्यकार डा. बेटी बज्राचार्य, वरिष्ठ आख्यानकार विन्दिया सुब्बा, समाजसेवी डा. विष्णुमाया परियार, साहित्यकार ज्योति पौडेल, वरिष्ठ समालोचक लीलाकुमारी लुईटेल, गायिका पविता परियार, व्यवसायी सूर्य श्रेष्ठ महर्जन  र गायिका-कलाकार यशोदा खालिङ राई रहेका छन् ।

 त्यसैगरी, 'अनेसास डायस्पोरा बालप्रतिभा पुरस्कार' बाट पहिलो पटक सातजना प्रतिभाशाली बालिकाहरु पुरस्कृत भएका छन् । पुरस्कृत हुने बालिका प्रतिभाहरुमा कवि-कलाकार बिवेचना निरौला, कलाकार विभूषा बिष्ट, कलाकार क्रिष्टल थापा, गायिका मिलि श्रेष्ठ, लेखिका प्रिया सुवेदी, कलाकार शलिना श्रेष्ठ र कलाकार जारा प्रसाई रहेका छन् ।

पुरस्कृत व्यक्तित्वहरूलाई अप्रिल २ तारिख अमेरिकाको न्यू योर्क शहरमा आयोजित एक विशेष समारोहमा सम्मानित गरिएको छ । 'अनेसास नवरत्न पुरस्कार' र 'अनेसास डायस्पोरा बालप्रतिभा पुरस्कार' छनौट समितिमा संयोजक अनेसास पूर्व केन्द्रिय अध्यक्ष साहित्यकार गीता खत्री, सदस्यमा अनेसास केन्द्रिय वरिश्ठ उपाध्यक्ष राधेश्याम लेकाली र अनेसास केन्द्रिय महासचिब  गोवर्धन पूजा रहेका थिए ।

,