नेपाली नयाँ बर्ष २०७३ को उपलक्ष्यमा भर्जिनिया मा एक भब्य शुभकामना साँझको आयोजना गरिने


नेपाली नयाँ बर्ष २०७३ को उपलक्ष्यमा भर्जिनिया मा एक भब्य शुभकामना साँझको आयोजना गरिने भएको छ | यहि अप्रिल २३ तारिखको सनिवार उक्त कार्यक्रम हुने कार्यक्रम संयोजक बसन्त पौडेल ले द नेपाल टुडेलाई बताउनु भयो | यस कार्यक्रम भर्जिनियाका सवै संघ संस्थाको संयोजनमा हुन लागेको हो ।

यो कार्यक्रममा कलाकारहरु महानायक राजेश हमाल, लोकप्रिय गायक राजेश पायल राई, नायिका केकी अधिकारी र हास्य कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीको विशेष प्रस्तुती समेत रहने पनि उहाँले बताउनु भयो |

कार्यक्रमको सम्पूर्ण तयारी सकिएको वसन्त पौडेल ले बताउनु भयो |

नयाँ बर्ष शुभकामना साँझलाइ भब्य र सभ्य बनाउदै मनोरन्जनात्मक कार्यक्रमको मजा लिन भर्जिनिया मा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुमा अनुरोध समेत गरेको उहॉले द नेपाल टुडेसंगको कुराकानीमा बताउनु भयो | 

नेपालमा गत वर्ष गएको भुकम्प पछि ध्वस्त भएका विद्यालय भवनहरुको निर्माणार्थ ‘घाँसी नेपाल’ को प्रवद्र्धनमा हुन लागेको एक महिने कार्यक्रमका लागि कलाकारहरु अमेरिका आइपुगेका हुन् । ‘म अनि मेरो जन्मभूमि’ नाम दिइएको अभियान अन्तरगत शुक्रबार ह्युस्टनबाट कार्यक्रम भएको हो। गत आइतबार ड्यालसमा कार्यक्रम सम्पन्न भईसकेको छ | 
स्थान: Stonewall Jackson High School
8820 Rixlew Lane, Manassas, VA