अस्पतालमै पुगेर कनकमणिलाई भेटे पूर्वराष्ट्रपति यादवले

काठमाडौँ, १५ बैशाख, पूर्वराष्ट्रपति डा. रामवरण यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका कनकमणि दीक्षितलाई अस्पतालमा पुगेर भेटेका छन् ।

भ्रष्टाचारको आरोपमा शुक्रबार अख्तियारको टोलीले पक्राउ गरेका साझा यातायातका अध्यक्ष दीक्षितलाई पूर्वराष्ट्रपति यादवले अस्पतालमा पुगेर भेट गरेका हुन् ।

दीक्षितलाई अख्तियारले नियन्त्रणमा लिए लगत्तै उच्चरक्तचापको समस्या देखिएपछि वीर अस्पतालमा उनको उपचार भइरहेको छ ।

पूर्वराष्ट्रपति यादवले दीक्षितसँग अस्पतालको बेडमै पुगेर करिब १५ मिनेट कुराकानी गरेका छन् । वीर अस्पतालको आइसीयूमा अख्तियारको कडा सुरक्षा निगरानीमा दीक्षितको उपचार भइरहेको छ ।

अख्तियारले पत्रकार समेत रहेका साझाका अध्यक्ष दीक्षितलाई पक्राउ गरेपछि अन्तराष्ट्रिय संघ संस्थाले रिहाइको लागि दबाब दिइरहेका बेला पूर्वराष्ट्रपतिले गरेको भेटलाई महत्वका साथ हेरिएको छ अन्नपूर्ण पोष्टबाट।