नायक दिलिप रायमाझी अमेरिकाबाट नेपाल फर्के



बाल्टिमोर अमेरिका / अप्रिल २६

नायक दिलिप रायमाझी अमेरिकाबाट नेपाल फर्केका छन् | अप्रिल २६ गते उनी मेरिल्यान्डको डल्लास एयरपोर्टबाट नेपालका लागि उडेका हुन् |'
झन्डै एक बर्ष लामो अमेरिकाको बसाइपछि दिलिप नेपाल फर्केका हुन् | उनी श्रीमती र छोरी सहित अमेरिका आएका थिए |

एक्ली छोरीको पढाईका लागि अमेरिका आएका नायक रायमाझीले फर्कने क्रममा द नेपाल टुडेसंगको कुराकानीमा भने, "मैले छोरीको पढाईलाइ गर्नु पर्ने प्रारम्भिक काम सकाए | अब नेपाल फर्कदैछु |

उनले खेलेको पछिल्लो चलचित्र 'बाटोमुनिको फूल' को सफलतापछि अन्य मुभीबाट अफर आईरहेको बताउने रायमाझीले  नेपाली चलचित्रमा खेल्ने धोको अझैँ नपुगेको निकटवर्तिसंग भन्ने गरेका थिए |

नेपाल जानेबित्तिकै दुई वटा फिल्ममा खेल्ने कुरा पनि नायक रायमाझीले द नेपाल टुडेलाई बताए | उनका अनुसार उनी शहिद -२ र नालापानीको लागि अनुबन्धित भईसकेका छन् | र जानेबित्तिकै सुतिंग शुरु हुनेछ |

नायक रायमाझीले अमेरिका बसुन्जेल पनि नृत्य कक्षा संचालन गर्नुका साथै अमेरिकाका विभिन्न राज्यमा हुने सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिदै आएका थिए | उनले यहाँ केहि म्युजिक भिडियोहरुमा पनि खेलेका थिए |