सोमवहादुर छाङ्गावाट खसे जतिखेर डाक्टरले दुवै किडनीले काम गर्न छाडेको वताए

सोम वहादुर गुरुङ्ग





शरद पोखरेल 
वाझाखेल ६, लम्जुङ नेपालमा जन्मिएका सोम वहादुर गुरुङ्ग अमेरिका आएको आठ वर्ष भयो । उनी न्यूर्योकमा वस्छन ।

लम्जुङे गुरुङ्ग परिवारमा जन्मीए पनि उनको आर्थिक अवस्था उतै राम्रो थिएन । जीवीकोपार्जनमा उतै दुःख  थियो । दुखी जीविकोपार्जनलाई सुखी वनाउन उनी अमेरिका अनेक ऋण पन गरि हान्निए । यसैले त यो आठ वर्ष उनले अनेक दुःख गरे । दुःख गर्न कुनै कसर वाकि राखेनन । चल्तापूर्जा उनले कामका लागी कहिल्य रात भनेनन अनि दिन गनेनन ।

उनको परिवारमा श्रीमति, दुई छोरा र एक छोरी छन । आठ वर्ष अमेरिकी वसाइमा आफूले जति दुःख पाए पनि उनको परिवारले भने केहि सन्तोष पाएका थिए । दुई छोरा अनि एक छोरीको लालनपालनमा केहि सहजता आएको थियो । श्रीमान श्रीमति छुट्टिएर वस्न पर्दा केहि असहजता भए पनि दुवैको समझदारीमा दिनहरु एकपछि अर्को वित्दै थिए ।
एता आएपछि उनले यहाँको वैधानिकता लागी अनेक प्रयास गरे । तर विडम्वना ति सवै नाकाम भए । यस मानेमा न उनी नेपाल र्फकन सके न त परिवार नै यता ल्याउन सक्ने भए । दिनहरु दुःख भित्रका सुख खोज्दै कहिले असहज त कहिले सहज वित्दै थिए ।

यसैविच अमेरिका वसेको करीव ६ वर्ष नाघेपछि विस्तार विस्तार उनको स्वास्थमा समस्या देखिन थाल्यो । उनी क्रमशः विरामी हुन थाले । वैधानिकताको अभावमा समयमै उपचार हुन सकेन‘ । आफू विरामी छु भन्ने थाहा हुदाहुदै उपचारको अभावमा काममै तल्लिन रहनु वाध्यता थियो । उता घरमा भने आफू विरामी भएको कसैलाई पत्तो दिएनन ।

यदाकदा साथिभाईसंग उनी आफू विरामी भएको सुनाउथे तर उनको ज्यान यति हट्टाकट्टा थियो कि कसैले पनि उनको कुराको वास्ता गरेनन । एवं रितले चल्दै गर्दा हल्का विरामी भएको करीव दुई वर्ष पश्चात एक दिन उनी नराम्रो संग थलिए । अव उनी अस्पताल जानुको विकल्प थिएन । वाध्य भएर उपचारको लागी न्यूर्योक स्थित एल्महस्र्ट अस्पतालमा भर्ना भएका उनी त्यतीखेर छाङ्गावाट खसे जस्तै भए जतिखेर डाक्टरले उनको दुवै किडनीले काम गर्न छाडीसकेको वताए ।

तत पश्चात आज हट्टाकट्टा सोम वहादुरको जीवनमा एकाएक दुःखको तुषारोपात भएको छ । डाक्टरका अनुसार उनी वाच्नका लागी अव किडनीको प्रत्यारोपण वाहेक अरु केहि विकल्प छैन । तर अमेरिकामा किडनी प्रत्यारोपण गर्न निकै समय कुर्नु पर्छ र पैसा पनि त्यत्तिकै खर्चिनु पर्छ । जुन सोम वहादुरका लागी असम्भव जस्तै छ ।

उनले जसोतसो दुःख गरि कमाएको केहि पैसा पनि सकिसकेको छ । यतिखेर उनको सेवामा निरन्तर विगत आठ महिना देखि लागेका उनका दाजु कर्वृराज गुरुङ्ग पनि भाइको अवस्थावाट निराश छन । आफू नै कमाएर खान पर्ने उनी भाईको अवस्था नाजुक भैरहदा थप समस्यामा छन ।

यसैविच सोम वहादुरका दाजु कर्वृराज, न्यूर्योक निवासी तिलक श्रेष्ठ र सन्तोष गुरुङ्ग आदि उनलाई भारत लगि उपचार गराई नयाँ जीवन दिन लागि परेका छन । भारत लगेर  उपचार गराउदा समय र पैसा दुवै जोगीने उनका सहयोगी तिलक श्रेष्ठ वताउँछन । उक्त उपचार गराउँदा करीव २० देखि २५ हजार डलर खर्च हुने अनुमान छ । जुन पैसाको प्रतिक्षामा गुरुङ्ग परिवार यतिखेर छ । हालै तिलक श्रेष्ठको अगुवाईमा सवै सामु सहयोगको आव्हान गरिएको छ र सहयोग उठने क्रम जारी छ । यसको लागी एनआरएन अमेरिका र अन्य संघ संस्थाले पहल गरिरहेका छन । सोम वहादुरको सहयोगका लागी न्यूर्योकको एल्महस्र्ट स्थित सत्य नारायण मन्दिर ७५–१५ मा विशेष कार्यक्रम पनि भएको छ ।

यतिखेर अस्पतालको शैयामा सोम वहादुर उपचार गराई श्रीमति अनि छोरा, छोरीसंग चाडै भेटन पाउने आशमा छन । मानशिक अवस्था ज्यादै कमजोर भए पनि सवैको सहयोग पाए वाचेर केहि गर्ने आश उनमा मरेको छैन । सहयोगी मनहरुको मद्दतले वाचेर जन्मघर फर्कने सुन्दर आशमा उनी छन । आउनुस हामी सवै मिलेर उनको आशमा केहि मलजल गरौँ । आखिर सेवा नै त धर्म हो ।

सोम वहादुरलाई सहयोग गर्नेहरु कृपया निम्न व्यक्तिहरुलाई सोझै सम्पर्क गर्न सक्नु हुनेछ
तिलक श्रेष्ठ ३४७–५३६–४६९८
सन्तोष गुरुङ्ग ९१७–२१५–८२२६

, ,