३२ घरमा आगो लगाएर हटाइयो बस्ती

मकवानपुर, वैशाख १८ – हेटौडा उपमहानगरपालिका-११ नवलपुरमा रहेको उज्यालो बस्तीका अस्थायी रुपमा जंगलको क्षेत्रमा पर्ने ३२ घरमा आगो लगाएर हटाइएको छ । बिभिन्न गाविसबाट आएर अस्थायी रुपमा बसोबास गर्दै आएका सुकुम्बासी तथा भूकम्प पीडीतका घर, टहरा जिल्ला वन कार्यालय र सामुदायिक प्रहरीले आगो लगाएर नष्ट गरेको हो । नवलपुरमा मकवानपुरको डाँडाखर्क, भैसे, नामटार, छतिवन, मनहरी लगायतका गाविसबाट बसाइँ सरेर आएका ३२ घरलाई हटाइएको जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत उत्तम कटुवालले बताए।