सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, वैशाख ८-सुनचाँदीको भाउ बुधबार बढेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर ५५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
सुन मंगलबार तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर भएको र तेलको भाउ बढेकाले सुनको भाउ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस १८ डलरले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन मंगलबार प्रतिऔँस १२ सय ३४ डलर थियो । यस्तै चाँदीको भाउ पनि २५ रपैयाँले बढेर तोलाको ७ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।