जंगलमा लगेर तीनजना बालबालिकामाथि करणी

धनुषा, २३ चैत,    मिथिला नगरपालिका–९ माझिटोल बस्ने ६ वर्षीया, ७ वर्षीया र ८ वर्षीया ३ बालिकालाई नजिककैको जंगलमा लगि जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने १७ वर्षीय मानबहादुर माझीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। करणीमा संलग्न राजेश माझी फरार छन्। प्रहरीका अनुसार घटनाको अनुसन्धान भैरहेको छ।