कांग्रेसले सरकार ढलाउदैन -डा.शसांक कोइराला


भर्जिनिया, अमेरिका / अप्रिल २५
नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोइरालाले ओली सरकार गिराउने खेलमा आफ्नो पार्टी नलाग्ने बताएका छन् |

नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरको आयोजनामा भर्जिनियामा सम्पन्न कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले उक्त कुरा बताएका हुन् |

नेता कोइरालाले नेपाली कांग्रेस अहिले नै सरकार परिवर्तनको पक्षमा नभएको तर व्याप्त कालोवजारी, भुकम्प पीडितहरुले अझै सम्म राहत पाउन नसकेको पीडा र यस अगाडिको सरकारले दातृ निकाय मार्फत संकलन गरेको रकम समेत खर्च गर्न नसकेर यो सरकारले आफनो क्षमता र नैतिकता गुमाईसकेको आरोप लगाएका छन् |

कार्यक्रममा कोइरालाले यो सरकार आफै ढल्ने पनि बताएका थिए |

 कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय उपसभापति केशव वराल, भर्जिनिया च्याप्टर सभापति रामशरण हुमागाई, केन्द्रीय सदस्य गोपाल विश्वकर्मा, मेरील्याण्ड राज्यका च्याप्टर सभापति राजेन्द्र सेन्चुरी, नेजाका सभापती गौतम दाहाल लगायतले आफनो मन्तव्य राखेका थिए |

 जनसम्पर्क समितिका केन्द्रिय सल्लाहकार उर्मिला उप्रेती, एनआरएन, एनसिसि कि उपाध्यक्ष रबिना थापा, जनसम्पर्क समितिका पुर्व केन्द्रीय सल्लाहकार एवं सदस्य नारायण थापा, तरुण पौडेल, दुर्गा श्रेष्ठ, एच बि भण्डारी लगायत सयौंको उपस्तिथि रहेको थियो।

कार्यक्रममा प्रतिभाहरु रुप कार्की र उज्जल ठकुरीलाई महामन्त्रीबाट प्रशंसा पत्रले कदर गरिएको थियो।

च्याप्टर उपसभापति टंक दाहालले स्वागत मन्तव्य र महासचिव किरण लामाले कार्यक्रमको सञ्चालन गरेका थिए ।
तस्बिर सौजन्य: राज सेन्चुरी