आप्रवासी कामदारका लागि फ्रि भिषा फ्रि टिकटको प्रभावकारी कार्यान्वयनको लागि काठमाडौँमा बृहत भेला हुदै



आप्रवासी कामदारको मानव अधिकारका पक्षमा सामुहिक आवाज बुलन्द गर्न र फ्रि भिषा फ्रि टिकटको प्रावधानको प्रभावकारी कार्यान्वयनको लागि दवाव दिने सम्वन्धमा आयोजित बृहत भेलाका लागि काठमाडौँमा बृहत भेला हुने भएको छ | आप्रवासी कामदारको मानव अधिकारका पक्षमा आवाज उठाउदै आएका मानवाधिकारवादी अभियन्ता बिष्णुबहादुर खत्री यो बिषयलाई आफ्नो फेसबुक मार्फत सार्बजनिक गरेका छन् | उनले लेखेका छन् :

आप्रवासी कामदारको मानव अधिकारका पक्षमा सामुहिक आवाज बुलन्द गर्न र फ्रि भिषा फ्रि टिकटको प्रावधानको प्रभावकारी कार्यान्वयनको लागि दवाव दिने सम्वन्धमा आयोजित बृहत भेलाका लागि आमन्त्रण
वैदेशिक रोजगारमा जाने नेपालीहरुले विदेश जाँदा तिर्नु परेको सेवा तथा प्रवर्धन खर्चको भारको कारण कामदारहरु र उनीहरुका परिवारका सदस्यहरुमा आर्थिक, सामाजिक र मानसिक रुपमा असर परिरहेको छ । बैदेशिक रोजगारीमा जाने नेपाली युवा र उनीहरुका परिवारका सदस्यहरु जीवनभर आर्थिक भार व्यहोर्नुपर्ने वाध्यतामा पारिएका छन् ।
नेपाल सरकारले मिति २०७२ आषाढ २१ गतेदेखि लागु हुनेगरी खाडीका ६ राष्ट्र र मलेशियामा कामदारका रुपमा जाने नेपालीहरुले प्रवेशाज्ञा र हवाईखर्च वापतको रकम तिर्न नपर्ने भनी निर्णय गरेको थियो । यद्यपी भएका निर्णयहरुको प्रभावकारी कार्यान्वयन र आप्रवाशन सुशासनको सुनिश्चितता नहँुदा यो निर्णयको प्रभावकारी कार्यान्वयन आजसम्म हुन सकेको छैन । यस सम्वन्धमा मानव अधिकारकर्मी, नागरिक समाज, टे«ड युनियन, आप्रवासी कामदार र सरोकारवालाहरुको गम्भिर ध्यानाकार्षण भएको छ । नेपाली आप्रवासी कामदार, वैदेशिक रोजगारमा जान चाहने युवा, उनीहरुका परिवार र यस क्षेत्रमा कृयाशिल सबै सरोकारवालाहरु यस प्रकारका निर्णयहरुको अक्षरस कार्यान्वयन र प्रभावकारी अनुगमन प्रणालीको विकासका पक्षमा वकालत गरिरहेका छन ।
यसै सन्दर्भमा नेपाली आप्रवासी कामदारको मानव अधिकारका पक्षमा सामुहिक आवाज बुलन्द गर्न र फ्रि भिषा फ्रि टिकटको प्रावधानको प्रभावकारी कार्यान्वयनको लागि दवाव दिने सम्वन्धमा रणनीति तयार गरी सामुहिक धारणा जारी गर्न सुरक्षित आप्रवाशनका लागि राष्टिय सञ्जालको संयोजनमा २०७२ चैत्र २० गते शनिवार दिउसो २.३० बजे युनियन हाउस, अनामनगरमा मानव अधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी, टे«ड युनियनकर्मी, आप्रवासी कामदार र सरोकारवालाहरुको वृहत भेला आयोजना गरिएकाले यहाँको उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौं । यहाँको सम्पर्कमा रहनु भएका मानव अधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी, टे«ड युनियनकर्मी, आप्रवासी कामदार र सरोकारवालाहरुलाई पनि यस बृहत भेलाको निम्ता पठाएर सहयोग गरिदिनु हुन अनुरोध छ ।
२०७२ चैत्र २० गते शनिवार दिउसो २.३० बजे युनियन हाउस, अनामनगरमा भेटौला । हामी सबै नेपाली आप्रवासी कामदारको मानव अधिकारका पक्षमा छौं ।
फ्रि भिषा फ्रि टिकट किन ?
- आप्रवाशनसँग सम्वन्धित अन्तर्राष्ट्रिय कानुन, नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जनाएका प्रतिवद्धता अनुसार बैदेशिक रोजगारीमा जाने कामदारसँग कुनै पनि नाममा पैसा लिन पाइदैन ।
- आप्रवासी कामदारको माग गर्दा माग गर्ने रोजगारदाता मागकर्ताले नै लाग्ने खर्च व्यहोर्ने भएकाले कामदारले कुनै पनि खर्च व्यहोर्नु पर्दैन ।
- कामदारसँग विभिन्न नाम र शिर्षकमा पैसा उठाइदा ठगी, मानव बेचविखन, ओसारपसारको जोखिमता बढिरहेको छ ।
- रेमिट्यान्सको हिसाव गर्छौ तर कामदारहरुले विदेश जान गरिरहेको लगानी पनि कम हुदैेन । जुन उनीहरुले तिर्नुपर्ने नै होइन ।
- नेपाल सरकारले फ्रि भिषा फ्रि टिकटको निर्णय गरिसकेको छ । यसको प्रभावकारी कार्यान्वयन र अनुगमन तत्काल आवश्यक छ ।

,