मृत अवस्थामा फेला

काठमाडौं वैशाख १८–चन्द्रागिरी नगरपालिका–७ थानकोट डेरा गरी बस्ने सर्लाही जानकीनगर गाविस–२ का ५४ वर्षीय पदमबहादुर खप्तरी मगर आफ्नै डेराकोठामा सुतिरहेको ठाउँमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं गोकर्णेश्वर नगरपालिका–१३ जोरपाटी गैरीगाउँस्थित मसिनोमैया श्रेष्ठको घरको छतमा प्लाष्टरको काम गरिरहेका काठमाडौं जोरपाटी बस्ने मकवानपुर मनहरी सुकौरा–७ का ४१ वर्षीय अर्जुन प्रजा सोही घरको छतमा शुक्रबार मृत अबस्थामा फेला परेका छन् । कास्कीको चापाकोट–७ खोरपाखामा विगत ६ महिना अगाडिदेखि इजि–आर्गानिक फर्म संचालन गरी बस्दै आएका राहदानी नम्बर जिए३१७५७० बाहक क्यानेडियन नागरिक ७० वर्षीय क्यानथोन सुतिरहेका ठाउँमा शनिबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।