गैर आवसिय नेपाली संघ, पोर्तुगलका अध्यक्षलाई पोर्तुगलकै एक नेपालीको चिठी


श्रीमान अध्यक्ष ज्यु! गैर आवसिय नेपाली संघ, पोर्तुगल !

 बिषय - पोर्तुगलको रेसिडेन्सी पाएका ब्यक्त्तीलाई नेपाल फर्काएको सम्बन्धमा ! 
महोदय ।
उपरोक्त सम्बन्धमा हामी नेपाली युबाहरु बैदेशिक रोज्गारीको सिलसिलामा भनु वा यूरोपको कार्ड पाउने सस्तो आकन्छामा यूरोपियन कार्ड होल्डरको प्रलोवनका कारण पोर्तुगलमा आइपुगेका छौ र आउने क्रम पनि जारी नै छ |
महोदय म बिशय मा प्रबेश गर्न चाहन्छु | २१ मार्च काठमान्डूबाट पोर्तुगालका निम्ति तुर्किस एयर हुँदै हिनेका हाम्रा मित्र हजुरहरुको भनाइ अनुसार (सामाजिक सन्जालमा नाम मैले पनि खोल्न चाहिन ) उनीहरुलाई टर्कीबाट नेपाल फर्काइयो |

हुनत आफ्नै घरको काम नजान्ने म जस्ता धेरैले परको कुरा त के जानू ? अज्ञानी छु माफ गर्नु होला ।

पोर्तुगलको कार्डको मतलब के ?

मलाइ लाग्छ अब कार्ड छ भन्दैमा यो कारण घर जाने कि नजाने भन्ने पनि मान्छेहरुमा प्रस्न आउँछ।

यो बिसयमा हजुरहरुले के सोच्नु भाको छ ? म लगायत धेरैले बुझेका छैनौ | जन्कारी पाउने आशा गर्दछु।

उनीहरु दोशी नै हुन भने सजाय भोग्लान । दोशी नै थिए भने पनि कार्ड नबन्नु पर्ने हो | पोर्तुगलमा घाम पानी नभनी काम गरेर पोर्तुगल सर्कारलाई बुझाएको कर बापत  बल्ल बल्ल बनाएको कार्ड एक चोटी  घर जादैमा सकिने हो भने पनि के अर्थ रह्यो र? कृपया यो समस्या भोलिका दिनमा जो कोहिलाई पनि पर्न सक्छ |

तसर्थ बेलैमा समाधानको प्रकृया अगाडी  बढाउन अनुरोध गर्दछु। यस्को मत्लब हजुरहरुको मानहानी गर्न खोजेको भने होइन | र कामै गर्नु भएन भन्ने पनि होइन | जानकारी पाउने आशा  गर्दछु। पिडित साथीहरुलाई न्यायको आभास हुने बाताबरण सृजना गर्दिनु होला भन्ने कामना गर्दछु।

सन्तोष,पोर्तुगल

,