बानाको आयोजनामा अप्रिल २४ मा नयाँ बर्ष शुभकामना साँझ हुने राजेश हमाल, राजेश पायल राई, केकी अधिकारी र सन्दिप क्षेत्री आउने

तस्बिर साभार: राजेश हमालको फेसबुक 
बाल्टिमोर अमेरिका, अप्रिल १८
 नेपाली नयाँ बर्ष २०७३ को उपलक्ष्यमा बानाले एक भब्य शुभकामना साँझको आयोजना गरेको छ | यहि अप्रिल २४ तारिखको आईतबार उक्त कार्यक्रम हुने आयोजक बानाका महासचिव देवब्रत शर्माले द नेपाल टुडेलाई बताउनु भयो |

यो कार्यक्रममा कलाकारहरु महानायक राजेश हमाल, लोकप्रिय गायक राजेश पायल राई, नायिका केकी अधिकारी र हास्य कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीको विशेष प्रस्तुती समेत रहने पनि उहाँले बताउनु भयो |

कार्यक्रमको सम्पूर्ण तयारी सकिएको बानाका अध्यक्ष कुलमणि आचार्यले बताउनु भयो |

नयाँ बर्ष शुभकामना साँझलाइ भब्य र सभ्य बनाउदै मनोरन्जनात्मक कार्यक्रमको मजा लिन मेरिल्याण्डमा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुमा बाना कार्य समितिले अनुरोध समेत गरेको बरिष्ठ उपाध्यक्ष अनु वन्तले द नेपाल टुडेसंगको कुराकानीमा बताउनु भयो |

नेपालमा गत वर्ष गएको भुकम्प पछि ध्वस्त भएका विद्यालय भवनहरुको निर्माणार्थ ‘घाँसी नेपाल’ को प्रवद्र्धनमा हुन लागेको एक महिने कार्यक्रमका लागि कलाकारहरु अमेरिका आइपुगेका हुन् । ‘म अनि मेरो जन्मभूमि’ नाम दिइएको अभियान अन्तरगत शुक्रबार ह्युस्टनबाट कार्यक्रम भएको हो। गत आइतबार ड्यालसमा कार्यक्रम सम्पन्न भईसकेको छ | आउने सनिबार भर्जिनियामा कार्यक्रम हुने छ |

स्रोत: श्रीजन ताम्राकार